Play

पोखरामा महोत्सवको निरन्तरता, साढे दुई लाख दर्शकले लेखनाथ महोत्सव अवलोकन गर्ने दावी

गुरुकुल खबर


पोखरा  , पोखरा महानगरपालिकामा केहि दिन यता मेला र महोल्सबले निरन्तरता पाईरहेको छ ।  पोखरा उधोग बाणिज्य संघले पोखराको नयाबजार स्थित प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न गरे लगत्तै लेखनाथ उधोग वाणिज्य संघले लेखनाथको भण्डारढिकमा लेखनाथ महोत्सव आयोजना गर्दै छ ।

गत मंसिर १६ देखि २५ गते सम्म पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सकिएकोमा लेखनाथको भण्डारढिकमा यही पुष ७ गतेबाट १८ गते सम्म लेखनाथ महोत्सव हुन लागेको हो ।

यस बाहेक पुष महिनाको २७ गतेबाट माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा पोखरा महोत्सव हुंदैछ । स्थानीय युनाईटेड क्लवको आयोजनामा पोंखरा महोत्सव हुने गरेको छ ।

यसै गरि पोखराको लेकसाईडमा पनि अंग्रेज़ी नया वर्षको शुरुआतको सन्दर्भ पारेर पुष १३ देखि १७ सम्म पोखरा स्ट्रिट फ़ेस्टिवल हुदै छ । रेष्टुरेन्ट एन्ड वार एशोसियशन पोखराले सड़क महोत्सव गर्दै आएको छ ।

पोखरा महानगरपालिकाको लेखनाथमा हुने लेखनाथ महोत्सवको तयारी करिव पुरा भएको छ । कोभिडको कारण रोकिएको महोत्सव अघिल्लो वर्ष देखि पुन निरन्तरता दिन लागिएको हो ।

लेखनाथ महोत्सवको आयोजक संस्था लेखनाथ उधोग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयका अनुसार यस वर्ष महोत्सवबाट १० लाख रुपैया बचत गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवबाट ९५ लाख आम्दानी गर्ने तर ८५ लाख खर्च हुने अनुमान गरिएको जानकारी दिंदै अध्यक्ष आत्रेयले भने – यस पटक २ लाख ५० हजारले मेला अवलोकन गर्ने अनुमान हाम्रो छ ।

महोत्सवको उद्धघाटन उधोग मन्त्री दिलेन्द्र प्रसाद बडुले गर्ने भनि कार्यक्रम तय गरिएको भएपनि नेपाली कांग्रेसको संसदीय दलको नेता चुन्ने लगायतका कार्यक्रमका कारण मन्त्री बडु नआउने भएपछि गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुडंले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको समेत अघ्यक्ष आत्रेयले गुरुकुल खवरलाई बताए ।

लेखनाथ उधोग वाणिज्य संघका अध्यक्ष आत्रेयसंगको कुराकानी ( भिडियो )

यसैगरि लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सवको प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

पुस ७ देखि १८ सम्म हुने मेला सम्पन्न गर्न विभिन्न उपसमिति , सल्लाहकार समिति र निर्देशक समिति बनाईएको र सबै समितिले आआफ्नो ज़िम्मेवारी अनुसार काम गरिरहेको ओझाले स्पष्ट पारे ।

महोत्सवमा लेखनाथ क्षेत्रका नया पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन डकुमेन्ट्रि प्रदर्शन , बेगनास तालको आकारको डेमो प्रदर्शन, सांस्कृतिक प्रदर्शनी र ग्रामीण तथा घरेलू उत्पादनका सामाग्रीको प्रदशनी सहित व्यापार हुनेछ भने स्थानीय राष्ट्रिय र अन्तराष्ट्रिय उत्पादनहरु समेत महोत्सवमा व्यापारको लागि राखिनेछ ।

प्रचार संयोजक ओझाले महोत्सवमा साहित्यिक, सांस्कृतिक, जैविक विविधता,कृषि तथा पशुपंक्षि प्रदर्शनी,सूचना प्रविधी र विधालय स्तरीय प्रतियोगिता समेत गरिने जानकारी दिएका छन ।

प्रचार संयोजक ओझा संगको कुराकानी ( भिडियो )

४ पुष २०७९, सोमबार १९:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा