Play

पुस पहिलो साता पोखरामा नेपाल लिटरेचर फेस्टिभल हुने

गुरुकुल खबर


पोखरा । पुसको पहिलो साता पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा यस वर्ष कांग्रेस महामन्त्री गगन थापा आउने भएका छन् । फेस्टिभलका दुई सत्रमा उनी वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।
आयोजकका अनुसार महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद गर्नेछन् । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौं गएका र काठमाडौंमै बसेका व्यक्तिले भोगेको काठमाडौंको समाज एवं यहाँको जनजीवनबारे छलफल हुने फाउन्डेसनले बताएको छ ।

साथै ‘समाजअनुसारका नेता कि नेताअनुसारको समाज ?’ शीर्षक सत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र थापासँग लेखक एवं पत्रकार बसन्त बस्नेतले संवाद गर्ने पनि फाउन्डेसनले जनाएको छ । फेस्टिभलमै नेकपा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आउनेछन् । उनले आफ्नो गैरराजनीतिक जीवनबारे पत्रकार अखण्ड भण्डारीसँग चर्चा गर्नेछन् ।

पुस ६ देखि ११ सम्म पोखराको बाराहीघाट, लेकसाइडमा फेस्टिभल आयोजना हुँदै छ ।

 

२९ मंसिर २०७९, बिहीबार २१:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा