पोखरा । पोखरा महानगर वडा नं २२ मा रहेको श्री महेश्वरी माध्यमिक विधालय लुकुन्स्वाँराको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफू पदमा रहदा वा नरहदा पनि विधालयको भौतिक तथा नैतिक रुपमा साथ दिने बताउदै शिक्षाको मोडल परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए ।
विधालयका प्रधानाध्यापक कुलदेवी बरालले विधालयको आर्थिक वर्ष को २०७८/७९ शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रमको संचालनमा विधालयका शिक्षक महेश बरालले गरेका थिए ।
२९ मंसिर २०७९, बिहीबार २०:४४ मा प्रकाशित