Play

एमालेका अध्यक्ष ओली र कांग्रेसका नेता प्रकाशमानबीच भेटवार्ता

गुरुकुल खबर


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउनेक्रम रहेकोमा कांग्रेस नेता सिंह ओली निवास बालकोट पुगेका थिए ।

भेटमा दुवै नेताले एकअर्कालाई बधाई ज्ञापन गरेको र समसामयिक राजनीतिक विषयहरू छलफल गरेका छन् ।

ओली झापा–५ बाट छैटौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने सिंह काठमाडौं–१ बाट चौथोपटक निर्वाचित भएका छन् ।

पार्टीमा संसदीय दलको नेतामा प्रतिस्पर्धाको तयारी गर्ने बताइरहेका नेता सिंहले चुनावी परिणाम आइनसक्दै एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् ।

नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले नियमित भेटघाट भएको बताए । ‘पहिले पनि भेट हुन्थ्यो, अहिले भर्खरै चुनाव जितेको, त्यसैले बधाई आदान प्रदान गर्ने गरी भेट भएको हो,’ उनले भने ।

११ मंसिर २०७९, आईतवार २१:४४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा