Play

निर्वाचनविरुद्ध गतिविधि गरेको आरोपमा देशभरबाट ७१ पक्राउ

गुरुकुल खबर


काठमाडौँ — निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा आइतबार देशभरबाट ७१ जना पक्राउ परेका छन् । हूलहुज्जत, विस्फोट र आगजनीजन्य गतिविधिबाट मतदानमा अवरोध पुर्‍याउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेर उनीहरूलाई हिरासतमा राखेको हो ।

प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार मोरङबाट १, पर्सा, रौतहट र कास्कीबाट ३/३, सर्लाहीबाट २, मकवानपुरबाट ७, कास्कीबाट ३ र पूर्वी नवलपरासीबाट १ जना पक्राउ परेका छन् । यस्तै डोल्पा, रोल्पा, बर्दिया र दाङबाट १/१ तथा अर्घाखाँचीबाट ४, रुकुमपश्चिम र दार्चुलाबाट ३, जाजरकोटबाट २, सुदूरपश्चिमका कञ्चनपुरबाट ८ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको छ । उपत्यकामा काठमाडौंबाट २३ र भक्तपुरबाट ४ जना समातिएका छन् ।

हिरासतमा राखिएका सबैमाथि अभद्र व्यवहार र अन्य कसुरमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कार्कीले बताए । सार्वजनिक बिदा परेका कारण आइतबार र सोमबार उनीहरूविरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु भएको छैन । निर्वाचन बिथोल्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित डेढ दर्जन जति समूह सक्रिय रहेको प्रहरीको भनाइ छ । सुरक्षा निकायले उनीहरूको गढ मानिएका स्थानलाई विशेष निगरानी गर्दा अप्रिय घटना भने हुन पाएन । बाजुरामा मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने सत्ता गठबन्धन र एमालेबीच भएको झडपमा एमाले समर्थित एक युवकको पनि ज्यान गएको थियो ।

 

६ मंसिर २०७९, मंगलवार ०६:०५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा