Play

लामाचौर, सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका जोड्ने सडक नमुना बनाउछौंः उम्मेदवार बराल

गुरुकुल खबर


पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनले लामाचौर, सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका छन् ।
चुनावी प्रचार अभियान अन्तर्गत आइतबार घरदैलो कार्यक्रममा सहभागी हँदै उम्मेदवार बरालले लामाचौरदेखि सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका हुन् ।

उम्मेदवार बरालले भने “कृषि र पर्यटनको महत्व रहेको लामाचौर, सार्दीखोला हुदै माछापुच्छ«े गाउँपालिका केन्द्र जोड्ने नमुना सडक निर्माण गर्न हामीहरुले बिषेश पहल गर्ने छौं, हाल जिर्ण सडकको अबस्थाले स्थानियले धेरै दुःख पाएको हामीले महशुस गरेका छौं ।”

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उम्मेदवार बरालले प्रदेश सरकारले चाहेर पनि धेरै बजेट व्यबस्थापन गर्न कठिन भएकोले बृहत योजनाहरु सम्पन्न गर्न केन्द्रीय बजेट आवश्यक भएकोले आफुलाई संघको जनप्रतिनिधिको रुपमा स्थानियले अत्याधिक बहुमतले विजयी गराउने विश्वास व्यक्त गरे । स्थानियले लामाचौर, घार्मी, पुरुन्चौर, सार्दीखोला लगायतको सडक स्तरोउन्ती गर्न माग गरेका थिए ।

त्यसैगरी पोखरा १९ को घार्मीको डाँडादेखि चनौटेसम्मको ढल तथा भलपानीको लागि नालाको उचित व्यबस्थापन गर्ने उम्मेदवार बरालले बताए । स्थानियको माग बमोजिम घार्मीको डाँडादेखि चनौटेसम्मको ढल तथा भलपानीको लागि नालाको उचित व्यबस्थापनमा बिषेश ध्यान दिने उनले जनाए ।

तिलवारीदेखि ठुलीपोखरीसम्म करिब २ किलोमिटर क्षेत्रमा करिब ९० घरधुरी रहेको चनौटे बस्तीमा ढल पानी उचित ढंगले व्यबस्थापन गर्न नसक्दा हरेक बर्ष ठुलो बर्षाद हुँदा स्थानियहरु बाढीको जोखिममा पर्ने गरेको स्थानियले उम्मेदवार बराल समक्ष गुनासो गरे ।

घरदैलो कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेल, काँग्रेस नेता पोषनाथ शर्मा लगायतको सहभागिता रहेको माओबादी केन्द्रका युवा नेता सविन जिसीले जानकारी दिए

२७ कार्तिक २०७९, आईतवार १८:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा