Play

जनपक्षिय काम गर्दै सेवामा खटिरहन्छु – बराल

गुरुकुल खबर


पोखरा । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले जनमतको उच्च कदर गर्दै सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गरेका छन् ।

मतदातालाई झुटो आश्वासन नदिई आफुले सक्दो प्रतिवद्धता मात्र जनाउने र सधै जनपक्षिय काम गर्ने उनले बताए । नेपाली कांग्रेस कास्कीका सभापति एवं ५ दलिय गठबन्धनका साझा उमेदवार समेत रहेका बरालले शुक्रबार पोखरा २९ मा घरदैलो र मतदातासँग भेटघाट गर्ने क्रममा शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिदै भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउन प्रयास गर्ने बताए ।

‘आज मात्रै होइन, भोलि पनि भेटिनुपर्छ उनले भने – झुटो नबोलि जनताले प्राथमिकताका आधारमा तय गरेका योजना नै मेरा योजना हुन्।’ पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार बरालले गठबन्धन दलले संघ र प्रदेशमा सरकार बनाएमा काम गर्न सजिलो हुने भन्दै गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे ।

गठबन्धन राम्रो र प्रभावकारी हुँदा चुनाव जित्ने वातावरण बनेको विश्वास व्यक्त गर्दै बरालले सीपमूलक शिक्षा र उद्यमशीलतालाई विशेष जोड दिदै आएका छन् ।

 

२५ कार्तिक २०७९, शुक्रबार २२:३५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा