Play

समृद्ध नेपालका लागि मेरो उम्मेदवारीः उम्मेदवार सरस्वती गुरुङ

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेश सांसदका लागि नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फका उम्मेदवार सरस्वती गुरुङले समृद्ध नेपाल र सम्मानित नेपालीकालागि आफ्नो उम्मेदवारी भएको बताएकी छन् ।

पोखरा महानगरपालिका वडा नं १४ मझेरीपाटनमा गठबन्धन दलको सम्पर्क कार्यालय उदघाटन कार्यक्रममा बोल्दै समानुपातिकका उम्मेदवार गुरुङले भनिन मेरो उम्मेदवारी समृद्ध नेपाल र सम्मानित नेपालीका लागि हो ।’ उनले संविधानको रक्षाका साथै सबै जात, धर्म, लिंग र वर्गको समान अवसर र समान सहभागिताको लागि पनि आफ्नो उम्मेदवारी भएको बताईन् ।

मुलुकमा नागरिक अधिकार स्थापित गर्न र संविधानको रक्षाका लागि पनि मंसिर ४ गते हुने आसन्न निर्वाचनमा गठबन्धनलाई जिताउन उनले सबैसंग आग्रह पनि गरिन् । नेकपा एमालेको कदम र केपी ओलीको ओलीतन्त्रको विरुद्धमा अहिलेको गठबन्धन भएकोेले ओलीतन्त्र परास्तकालागि पनि गठबन्धन दल एक भएर लाग्नुको विकल्प नभएको उम्मेदवार गुरूङले जिकिर गरिन् ।

गुरूङले नागरिकको आधारभूत आवश्यकता सहज रुपमा उपलब्ध गराउन आफ्नो पार्टी नेपाली काँगेस प्रतिबद्ध रहेको र वडा नं १४ को विकासकालागि आफु गम्भीर रहेको बताईन् ।

https://studio.youtube.com/video/o1inZi-0ePM/edit

२० कार्तिक २०७९, आईतवार ०८:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा