Play

कास्कीमा नेकपा एमालेका उमेदवारहरुको प्रचार शैली तिव्र बन्दै

गुरुकुल खबर


पोखरा, नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले जनताको विश्वास जितेर काम गर्ने बताएकी छन् । पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीस्थित तल्लो खैरेनीका स्थानीय वासिन्दासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो क्षेत्रको समग्र विकास निर्माणमा कठिवद्ध भएर लाग्ने बताईन् ।

नेकपा एमालेले मुलुकका मुख्य प्राथमिकतालाई समेटेर निर्माण गरेको घोषणापत्र र पार्टी गण्डकी प्रदेशको प्रतिवद्धतालाई विकास निर्माणको आधार बनाएर अघि बढ्ने मतदाता समक्ष उनको प्रतिवद्धता छ । विकास निर्माण जसले गरे पनि मुलुक र जनताका लागि नै हो भन्दै उनले अघिल्लो सरकारले शुरु गरेका योजनाको वर्तमान गठबन्धनको सरकारले रकम कटौती गरेकोमा दुःख व्यक्त गरिन् ।

दुःख परिस्थितिमा यस क्षेत्रका मतदाताले भारी मतका साथ उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराएर आफुलाई हौसला प्रदान गरेको स्मण गर्दै नेत्री भट्टराईले मंसीर ४ गतेको निर्वाचन पश्चात मुलुकको विकास निर्माणले गति लिने विश्वास व्यक्त गरिन् ।

निर्वाचन २ (क) का उम्मेदवार भिमबहादुर कार्कीले जनताको मनोवललाई उच्च राख्ने गरि काममा जुट्ने विश्वास व्यक्त गर्दै यस क्षेत्रका प्रत्येक गतिविधिमा आप्mनो सहभागि रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बिभिन्न विकास निर्माणलाई समेटेर सामूहिकरुपमा तयार पारिएको ध्यानाकर्षण पत्र समेत उम्मेदवार भट्टराईलाई हस्तान्तरण गरिएको थियो ।

स्थानीय समाजसेवी रामबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडाअध्यक्ष शिवराज आचार्य, नेकपा एमाले पोखरा ३३ का वडाअध्यक्ष दिपक लामिछाने, स्थानीय शान्तिदेवी आचार्य, मनमाया मगर,डिवि विश्वकर्मा, ऋषिराज आचार्य लगायतले यस क्षेत्रका भए गरेका विकास निर्माणका कार्य र पुरा गर्नुपर्ने योजनाका सम्वन्धमा जानकारी गराएका थिए ।
उम्मेदवार भट्टराईले आजै अनेमसंघ पोखरा ७ महिला भेला, पोखरा ८ र २१ को घरदैलो कार्यक्रममा समेत सहभागि बनेकी थिईन् । कात्तिक १८ गते पोखरा १७ मा घरदैलो कार्यक्रम गर्ने जनाइएको छ ।

मालेपाटनमा पहारीको घरदैलो

पोखरा–५ मालेपाटन लालगढका रुपमा चिनिन्छ । गत स्थानिय निर्वाचनमा यस वडामा एमालेले प्यानल नै जितेर गठबन्धनलाई निल खुवाएको थियो । सोही वडामा मत माग्न पुगेका नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ ख प्रदेश सभा उम्मेदवार राजिव पहारीलाई मालेपाटनवासीले फेरी पनि विजयी गराएरै छाड्ने बताएका छन् ।

विहीवारको घरदैलोमा उनलाई स्थानिय जेष्ठ नागरिकदेखि युवाहरुले साथ दिएका थिए । जेष्ठ नागरिकहरुको आर्शिवाद ग्रहण गर्दै घरदैलोमा निस्किएका पहारीले अघिल्लो पटक देखाएको क्रियाशिलतालाई मुल्याङकन गर्दै फेरी पनि विजयी गराउने मालेपाटनवासीहरुले बताए ।

मालेपाटनका जनताहरुले दिएको आर्शिवादले आफुलाई हौसला मिलेको पहारी बताउँछन । ‘यहाँका बुवाआमाको आर्शिवाद तथा युवाहरुको साथले ठूलो प्रेरणा मिलेको छ’ उम्मेदवार पहारीले भने । गण्डकी प्रदेशका निवर्तमान सांसद समेत रहेका पहारीले आफुले अघिल्लो कार्यकालमा विभिन्न स्थानमा थालनी गरेको कामहरु अलपत्र परेको जनाउँदै वडा ५ मा पनि थुप्रै काम बाँकी रहेको जनाए ।

पहारीले घरदैलोको क्रममा भने ‘केहि काम सम्पन्न भए, केहि गर्दागर्दैका बाँकी छन्, ति काम सम्पन्न गर्न पनि उम्मेदवारी दिएको हुँ’।

कास्की क्षेत्र १ मा माओवादी र कांग्रेसका १० जना एमालेमा प्रवेश

कास्की क्षेत्र नम्वर १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङको क्षेत्र अन्तर्गत पर्ने रूपा गाउँपालिका वडा नम्वर ३ को काल्लाङटार र थापाचोकका टंक के.सी सहित ५ जना माओवादी कार्यकर्ता र शुक्रदेव सुनारसहित ५ जना कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई पार्टी संगठन विभाग प्रमुख तथा १ (क) का प्रदेश सभा उम्मेदवार खगराज अधिकारी र कास्की जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले एक कार्यक्रमका विच स्वागत गरेका थिए ।

नवप्रवेशी कार्यकर्ताहरुले माओवादी र कांग्रेस सर्वहारा जनताको पार्टी बन्न नसकेकाले आफूहरुले पार्टी परित्याग गरेको बताए । साथै उनीहरुले सो क्षेत्रमा एमाले उम्मेदवारलाई विजयी गराउन लागि पर्ने अठोट व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले भष्ट्रचारको अन्त्य साथै मुल्यवृद्धी नियन्त्रण गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउने पार्टीको सिद्धानत्लाई मुर्त रुप दिने बताए ।

त्यस्तै कास्की क्षेत्र नम्बर १ (क) का उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई अत्यधिक मतले विजय गराउन मतदातासँग अनुरोध गरे ।

मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिदै गर्दा अहिले एमाले उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । उनीहरुले भोट मात्र मागेका छैनन् स्थानियका समस्यालाई पनि आत्मसात गरेर निर्वाचित भएपछि पूरा गने बचन समेत दिएका छन् ।

कास्की क्षेत्र नम्वर १ मा एमालेको चुनाव प्रचारप्रसार तिव्र

पोखरा, १६ कार्तिक । कास्की क्षेत्र नं. १ मा नेकपा एमालेले आगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर चुनावी प्रचारप्रसारलाई तिव्र पारेको छ । सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङ, कास्की क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारी, एमाले नेता कार्यकर्ता तथा एमाले निकट स्थानिय नागरिक स्वस्फूर्त रुपमा सहभागी भई नेकपा एमालेलाई जिताउनको लागि प्रचारप्रसारको कामलाईृ तिव्रता दिएका हुन् ।

बुधबार रूपा गाउँपालिका वडा नम्बर ७ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवारद्धयले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको स्मरण गराउँदै प्रदेश तथा वडामा भएका विकासका कामहरु एमालकोे नेतृत्वमा भएको बताए ।

उम्मेदवारहरुले एमालेको सरकार रहदा प्रकृयामा रहेका कामहरु पूरा गरेर गठबन्धन सरकारले आफूले जस लिन खोजेको स्पष्ट पारे । रूपा गाउँपालिका वडा नम्वर ७ का स्थानियले एमाले पार्टीलाई बुहुमतले जिताएर पाँच वर्षसम्म नै खुसीयाली मनाउने विश्वास व्यक्त गरे ।

स्थानियलाई विकास बुझाउँदै,योजना सुनाउँदै एमाले उम्मेदवार कार्की

नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर २  का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्की आफ्नो निर्वाचन क्षेत्रमा एमाले नेतृत्वको प्रदेश र केन्द्र सरकारले गरेका विकास बुझाउँदै तथा आफू र आफ्नो पार्टीले अघि सारेका विकासका योजना सुनाउँदै मत माग्न व्यस्त छन् ।

कास्कीको दक्षिणी भेगमा पर्ने पोखरा महानगरका दुई वडा २१ र ३३ का मतदातासँग निरन्तर भेटघाटमा रहेका कार्कीले जनतालाई उक्त पर्यटकीय क्षेत्र घोषणा भएको र विस्तारै अब पूर्वाधारका काम पूर्ण हुँदै जादा आकर्षक गन्तव्य उन्मुख हुँदै गरेको बताए ।

उनले उक्त ठाउँमा बनेका पूल, बाटो निर्माण तथा पानीको समस्या समाधानसँगै सबै काम एमाले नेतृत्वका स्थानीय, प्रदेश र केन्द्र सरकारको पहलमा भएको जानकारी गराए । कृषिमा व्यवसायिकता रहेको सो क्षेत्रको अर्को सम्ंभावनालाई आधुनिक ढंगले विकाससँगै युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति रहेको उनको भनाई छ ।

कार्कीले युवा, महिला सशक्तीकरण सहित स्थानियलाई अब पाँच वर्ष भित्र महानगरवासीको अनुभुति हुने गरि काम गर्ने योजना सुनाए । केपी ओली नेतृत्वको एमाले सरकारद्वारा गठित भुमीसम्बन्धी समस्या समाधान आयोगमा केन्द्रीय सदस्य तथा प्रवक्ताका रूपमा काम गरेका कार्कीले भुमिहिन जनताका समस्या सधैंका लागि समाधान गर्ने योजना रेहको स्पष्ट पारे ।

उनले अबको ‘पाँच वर्ष एमालेले गर्छ’ भन्ने अबवधारणा आफ्नो पार्टीको प्रतिवद्धता भएको भन्दै बहुमत सहित सरकार निर्माणको जनादेश दिन जनतालाई आग्रह गरेका छन् ।

 

१७ कार्तिक २०७९, बिहीबार २०:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा