Play

अभिभावकको सक्रियतामा हंशबाहिनी माविमा बृहत सरसफाई

गुरुकुल खबर


पोखरा,  शुक्लागण्डकी नगरपालिका वडा नं २ एक्लेखेत तनहुँस्थित हंशबाहिनी माविमा अभिभावकको सक्रियतामा बृहत सरसफाई गरिएको छ ।

विद्यालयको फराकिलो प्राङ्गणसँगै व्यवस्थित कम्पाउन्ड रहेको परिसरमा घाँस बढेर झाडी भएकोमा शिक्षक विद्यार्थीको प्रयासबाट मात्र सरसफाई सहज नभएको अवस्थालाई दृष्टिगत गर्दै अभिभावकको सक्रियतामा सरसफाई गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको अगुवाईमा अभिभावकहरूको सहभागितामा यही कात्तिक ५ गते शनिबार बृहत सरसफाई सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् शुक्लागण्डकी नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुमनबहादुर रानाले सबैको साथ र सहयोगमा विद्यालयको सर्वाङ्गिण विकास गर्न सकिने बताउँदै आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम बारे प्रकाश पार्दै शिक्षक अभिभावक संघका अध्यक्ष शंकर पन्तले विद्यालय सबैको साझा संस्था भएको बताउँदै यसको संरक्षण र विकास सबैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज पौडेलले विद्यालयको भौतिक एवम् शैक्षिक विकासका लागि सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

८ कार्तिक २०७९, मंगलवार १८:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा