Play

माधव र प्रचण्डजीले प्रधानमन्त्री मागेका छैनन्, चुनावपछि को हुन्छ, त्यतिखेरै हेरौँला-देउवा

गुरुकुल खबर


प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरको चुनावपछि सत्ता गठबन्धनबाट नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने कुराको टुंगो भइनसकेको बताएका छन्।

आइतवार साँझ सम्पादहरुसँगको छलफलका क्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताएका हुन्।

सत्ता गठबन्धनभित्र अहिले नै को नयाँ प्रधानमन्त्री बन्ने कुरा भएको छैन’, उनले भने, ‘तर, सत्ता गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याउँछ। त्यसपछि पनि अहिलेकै गठबन्धनको सरकार बन्छ। प्रधानमन्त्रीबारे हामीले छलफल गरिसकेका छैनौँ।’

उनले आफू पाँचौँ पटक प्रधानमन्त्री हुनेबारे कुनै कुरा नभएको पनि बताएका छन्।

‘मलाई फेरि प्रधानमन्त्री बनाउने सहमति भएको छैन। गठबन्धनमा हामीसँग माधव नेपाल पनि छन्। माधव नेपाल नै मलाई यो पटक प्रधानमन्त्री बन्न भनेका हुन्’, उनले भने, ‘माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डजीले पनि प्रधानमन्त्री मागेका छैनन्। चुनावपछि नयाँ प्रधानमन्त्री को हुन्छ? त्यतिखेरै हेरौँला।’

सरकार गठबन्धनको भएकाले पनि अहिले नै मंसिर ४ पछिको नयाँ प्रधानमन्त्रीबारे कुनै कुरा नभएको जानकारी देउवाले दिएका हुन्।

उनले अहिले डरत्रास केही नभएको बताउँदै मंसिर ४ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरिने पनि बताएका छन्।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे टिप्पणी गर्दै उनी त्यस्तो होलान् भन्ने आफूलाई कहिले नलागेको पनि बताएका छन्।

दुई दुई पटक संसद विघटन गर्ने ओलीको प्रयासलाई सर्वोच्च अदालतले विफल बनाइदिएपछि देउवा गठबन्धनसहित अहिलेको सरकारको नेतृत्वमा आएका थिए।

६ कार्तिक २०७९, आईतवार २१:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा