Play

कांग्रेस र एमाले दुवै दलको समर्थनमा मनाङबाट दीपक मनाङे निर्विरोध

गुरुकुल खबर


पोखरा । मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका राजिव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध निर्वाचित भएका छन् ।

उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएसंगै मनाङे निर्विरोध निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारा दत्त बडुका अनुसार बुधबार १० बजे उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका थिए ।

सहायक निर्वाचन अधिकृत बडुले दोर्जेले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

‘स्वतन्त्र रुपमा उम्मेदवारी दिएका राजिव गुरुङको मात्र उम्मेदवारी कायम रहेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ ।’ उनले भने,  मनांगे गण्डकीका युवा तथा खेलकुदमन्त्री समेत हुन् । अघिल्लो पटक पनि उनी स्वतन्त्र रूपमा विजयी भएका थिए । त्यसबेला उनलाई एमालेले समर्थन गरेको थियो ।

तर, पछि मनांगेकै कारण एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्न पुग्यो । उनी सत्तारुढ गठबन्धनमा सामेल भए । यसपटक मनांगेलाई कांग्रेस र एमाले दुवै दलले समर्थन गरेर आफ्नो उम्मेदवार नउठाएकैले उनी निर्विरोध हुन लागेका हुन् ।

दोर्जे लामा गुरुङले निर्वाचन कार्यालयमा बुधबार बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

 

२६ आश्विन २०७९, बुधबार १५:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा