Play

कान्छाे राजनीतिक दल पनि चुनावी प्रतिस्पर्धा गर्न मैदानमा, केही उम्मेदवारहरूकाे नाम तय

गुरुकुल खबर


काठमाडाैं । नेपालका राजनीतिक दलहरूमा सबैभन्दा कान्छाे दलले पनि २०७९ मंसिर ४ गतेकाे आम निर्वाचनमा प्रतिस्पर्धा गर्न  मैदान उत्रिएकाे छ । वरिष्ठ पत्रकार, लेखक देवप्रकाश त्रिपाठीकाे नेतृत्वमा रहेकाे सबैभन्दा कान्छाे दल हाे-‘एकीकृत शक्ति नेपाल’।

नाै महिना अघि मात्रै निर्वाचन आयाेगमा दर्ता भएकाे -‘एकीकृत शक्ति नेपाल’ चुनाव चिन्ह त्रिशुल रहेकाे छ । सैद्धान्तिक कारण जनाउँदै ‘एकीकृत शक्ति नेपाल’ले प्रदेशकाे निर्वाचनमा भाग नलिने जनाएकाे छ ।

आकर्षक २४ बुँदे संक्षिप्त घाेषणा पत्र समेत ‘एकीकृत शक्ति नेपाल’ले जारी गर्दै  “हामी आफै बनाउछौं हाम्रो देश” भन्ने नारा अघि सारेर निर्वाचनकाे मैदानमा उत्रिएकाे ‘एकीकृत शक्ति नेपाल’ले ११० समानुपातिक सिट मध्ये  ३६ जनालाई समानुपातिककाे मैदानमा उतारेकाे छ । जसमा १९ जना त महिला मात्रै रहेका छन् ।

समानुपातिकतर्फ उम्मेदवारहरूमा डा. मनाेहरलाल श्रेष्ठ, कल्पना मेगाले मगर, दीपक लामा, रविना घिसिङ्ग, पूर्णवहादुर लामा, अञ्जना प्रधान, जुलुम रत्न डंगाेल,  आरती रानामगर, शम्भु मान सिंह, लक्ष्मी श्रेष्ठ, गणेश बन्जरा, प्रतिक्षा खनाल, नानी बाबु दाहाल, विपना पाेखरेल, जीतवहादुर बस्ने, हेम कुमारी थपलिया, जयबहादुर चन्द, इन्दिरा बन्जरा, अम्बिका कुमारी बम, गीता सेढाईं यादव, केउवा थारू, मिना थारू, सुन्दर मिजार, छायाँ रम्तेल, भगवान दास कपाली, रचना रम्तेल, तारामायाँ दमाई, अमित कुमार गुप्ता, साेनमति कुमारी गुप्ता, उमेश ठाकुर, आरती देवी, चिन्ता देवी माझी, मेराजुद्दिन मियाँ, शैलजा बानु, वासुदेवचन्द्र मल्ल, अर्नुन प्रसाद उप्रेती रहेका छन् ।

प्रत्यक्षतर्फ  केही जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारहरूकाे नाम तय भइसकेकाे र अन्य उम्मेदवारहरूकाे हकमा २०७९ असाेज २२ गतेसम्ममा तय भइसक्ने जानकारी  ‘एकीकृत शक्ति नेपाल’का महासचिव सुभास प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

प्रत्यक्षतर्फकाे निर्वाचनकाे मैदानमा उत्रिनका लागि छनाैट  बारा जिल्ला क्षेत्र नम्बर ३ बाट नरेश चाैलागाईं, कास्की  क्षेत्र नम्बर २ बाट सविना बेगम, कपिलबस्तु  क्षेत्र नम्बर १ वसन्त पाेखरेल, स्यांजा २ बाट नरवहादुर खड्काथाेकी, सुनसरी  क्षेत्र नम्बर ४ बाट गाेपाल नेपाल,  काठमाडाैं  क्षेत्र नम्बर ६ बाट काजी कार्की र दाङ क्षेत्र नम्बर ३ बाट  झनक वहादुर बस्नेत  ‘एकीकृत शक्ति नेपाल’काे तर्फबाट उममेदवार बन्ने  निश्चित भइसकेकाे छ ।

‘एकीकृत शक्ति नेपाल’ नै किन राेज्ने ?

१)अभिभावकीय राज्य व्यवस्थाको निर्माणका लागि,

२) बौद्ध, किराँत , जैन, शिख, बोन, मैत्रीय र इस्लाम लगायतका नेपालीहरूको धर्म संस्कृतिको रक्षा गर्ने वैदिक सनातन हिन्दूराष्ट्र स्थापनाका लागि,

३) राष्ट्रिय बोझ बनेको प्रादेशिक संरचना खारेजीका निम्ति,

४) मानवता विरोधी जातिवादी अवधारणा निर्मूलीकरणका लागि,

५)  भ्रष्टाचार र बलात्कारका जघन्य अपराधी विरूद्ध मृत्युदण्डसम्मको कानून निर्माणका लागि,

६) राज्य संयन्त्र र समाजमा भैरहेको राजनीतिकरण र पार्टीकरणको स्थिति अन्त्यका निम्ति,

७) विद्यार्थी, शिक्षक र कर्मचारीको  राजनीतिक चरित्रका सङ्गठन निर्माणमा निरुत्साहनका लागि,

८) ट्रेड युनियनलाई व्यवस्थित गरि लगानीमैत्री वातावरण सिर्जना गर्नका निम्ति,

९) राष्ट्रहित केन्द्रित सन्तुलित परराष्ट्र नीति कार्यान्वयनका निम्ति,

१०)  भ्रष्टाचारमुक्त कानूनी शासन प्रशासनका निम्ति,

११) मौलिक कृषि प्रणालीलाई प्रोत्साहन र किसानलाई उच्च सम्मान तथा महापुरष्कार सहित सम्मानजनक स्थिति निर्माणका निम्ति,

१२)  नेपाली सेना लगायत सबै सुरक्षा संयन्त्रको सबलिकरणका निम्ति,

१३) नि:शुल्क शिक्षा, स्वास्थ्य , न्याय र सूरक्षाका निम्ति,

१४) मौलिक, वैज्ञानिक र सांस्कारिक शिक्षा नीति अबलम्बनका निम्ति,

१५) राजनीतिक अस्थिरताको कारण बनेको समानुपातिक निर्वाचन प्रणाली विस्थापनका निम्ति,

१६) नेपाली कला संस्कृति र कलाकारको संरक्षण तथा  हित प्रवर्द्धनका निम्ति,

१७) लाभका पद ग्रहण गरेका हरेकको सम्पत्ति छानविनको प्रक्रिया अघि बढाउनका निम्ति,

१८) जनमुखी कर नीति अबलम्बन गरि लगानीमैत्री वातावरण सिर्जनाका लागि,

१९) राष्ट्रिय पूजी र राष्ट्रिय उद्यमीहरूको उत्थानका निम्ति,

२०) सबै सार्बजनिक र वन क्षेत्रमा फलफूलका बिरुवा रोप्ने राष्ट्रिय अभियानका लागि,

२१) गाँजा लगायत औषधीय गुणका वनस्पतिहरूको उच्चतम उपयोग गरि अर्थतन्त्रको विकाशमा विशिष्ट योगदान पुर्‍याउनका निम्ति,

२२)  पानीका मुहान तथा श्रोतहरू संरक्षण गरि राष्ट्रिय आयमा वृद्धिका निम्ति,

२३) युवाहरूलाई स्वदेशमै रोजगारीको सुनिश्चितताका निम्ति,

२४) अवान्छित ढङ्गले विक्री गरिएका (सरकारी स्वामित्वका) उद्योगहरू सरकारकै स्वामित्वमा ल्याई पुनः सन्चालन गर्ने प्रक्रिया अघि बढाउनका लागि भन्दै संक्षिप्त घाेषणा पत्र समेत ‘एकीकृत शक्ति नेपाल’ले जारी गरेकाे छ ।

‘एकीकृत शक्ति नेपाल’ले ”त्रिशुल चिन्हमा मतदान गरि आफ्नो र देशको भविष्य सुरक्षित गरौं !” भन्दै मतदाताहरूमा आव्हान समेत गरेकाे छ ।

२१ आश्विन २०७९, शुक्रबार २२:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा