Play

पृथ्वीराजमार्गमा सात घण्टापछि यातायात सुचारु

गुरुकुल खबर


तनहुँ, पृथ्वीराजमार्गमा पर्ने तनहुँको दुई स्थानमा पहिरो झरेर अबरुद्ध भएको सडक सात घण्टापछि सुचारु भएको छ ।

व्यास नगरपालिका –१२ घाँसीकुवा र म्याग्दे गाउँपालिका –१ गुणादीमा खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार राति खसेको पहिरोले सडक अबरुद्ध भएकोमा गुणादीमा शुक्रबार विहान ६ बजे एक तर्फी खुलाइएको सडक पुन पहिरो खसेकाले दुइतर्फी यातायात बन्द भएको थियो ।

डोजरले पहिरो हटाएर सडक सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिए ।

मुग्लिन पोखरा सडक विस्तार आयोजनाको डोजर प्रयोग गरेर राजमार्ग सञ्चालन गरिएको बताए ।

शुक्रबार विहान ३ बजेदेखि नै गुणादीमा सडक अबरुद्ध भएकोमा शुक्रबार १०ः१५ बजेबाट सडक सुचारु भएको प्रहरीले जनाएको छ । सडक सुचारु भएपछि यात्रु आफ्नो गन्तव्यमा लागेका छन् ।

२१ आश्विन २०७९, शुक्रबार ११:३५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा