Play

गोरखाको खार गाउँमा पहिरो : २ घर पुरिए, ३ जना सख्त घाइते

गुरुकुल खबर


गोरखा — चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित खार गाउँमा झरेको पहिरोमा पुरिएर तीन जना सख्त घाइते भएका छन् ।

बिहिबार दिउँसो खसेको पहिरोले दुइ घर सँगै तीन जनालाई पुरेको चुमनुव्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले बताए ।

सडक सञ्जालले नजोडेको खार गाउँका घाइतेलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याउन बिहिबार साँझ सम्म प्रयास गरिएको उनले बताए । ‘आज साँझ पर्‍यो, प्रशासनसँग हेलिकोप्टरका लागि अनुमति मागेका छौँ,’ उनले भने,‘भोली बिहानै उद्धार गर्ने गरि पहल भइरहेको छ ।’ घाइतेहरुको हेलिकोप्टर बाहेक उपचारका लागि लैजाने अन्य विकल्प नरहेको लामाले बताए ।

त्यस्तै लगातारको वर्षाले चुमनुव्री गाउँपालिका–६ लोक्पा भिरमा पुन: पहिरो खसेको छ । लोक्पा पहिरोले चुमनुव्री गाउँपालिका–६ र ७ को दुइ वडा आउजाउ ठप्प बनेको छ । त्यस्तै वर्षाका कारण सल्लेरी र सिर्दिवासबीचको पैदलमार्गमा पनि पहिरो खसेको लामाले जानकारी दिए । विहिको राना, प्रोकको वुर र एक्लेभट्टीमा पनि पहिरोले पैदलमार्ग अवरुद्ध बनेको गाउँपालिकाले जनाएको छ ।

२० आश्विन २०७९, बिहीबार २०:२९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा