Play

एमाले र राजावादीको गठबन्धन संविधान भंग गर्ने तर्फ उन्मुुख छ- महासचिव गुरुङ

गुरुकुल खबर


पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले यथास्थितिवादबाट पनि पछाडि फर्केको नेकपा एमाले र परिवर्तन नचाहने पार्टीहरुको तालमेल नेपाली राजनीतिका लागि खतरा रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले ्शनिबार दशैं तथा तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव गुरुङले विकास र परिवर्तन नचाहने शक्तिबीचको तालमेलले राजनीतिक परिवर्तन खतरामा रहेको बताएका हुन् ।
’पटक पटक संसदको विघटन, संसद अवरोध गरेर यथास्थितिवादबाट पछाडि फर्केको एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरोधीको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरुसंग बनाएको गठबन्धन अराजनीतिक छ’महासचिव गुरुङले भने । यथास्थितिबादबाट पनि पछि फर्केकाहरुको यो गठबन्धन संविधान र कानुन नै भंग गर्ने दिशा तर्फ अगाडि बढेको छ ।’ महासचिव गुरुङको दावी छ ।

महासचिव गुरुङले मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा परिवर्तन, संविधान, लोकतान्त्रिक गणतन्त्र र समावेशीको पक्षमा आवाज उठाउनेलाई विजयी बनाउनु पर्ने विचार व्यक्त गरे । उनले परिवर्तनका विरोधी र यथास्थिति भन्दापनि पछाडि फर्केका शक्तिहरुलाई पराजित गर्न पनि पाँच दलिय गठबन्धन अहिलेको आवश्यकता रहेको तर्क गरे ।

सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकले प्राप्त गरेका उपलब्धिहरु खोसिने क्रम जारी रहेको र सो उपलब्धि जोगाउनकालागि अहिलेको गठबन्धन आवश्यक परेको बता्ए ।
मुख्यमन्त्री पोखरेलले मंसिर ४ गते आउँदै गरेको निर्वाचनमा जुन दलका नेताले टिकट पाएपनि लोकतान्त्रिक गणतन्त्रको संरक्षणकालागि गठबन्धनका सबै मिलेर जिताउन लाग्नुपर्ने आग्रह समेत गरे ।

कार्यक्रममा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, महानगर कमिटी अध्यक्ष हरिनारायण गिरी ‘विज्ञान’ लगायतले शुभकामना दिएका थिए ।

 

१५ आश्विन २०७९, शनिबार १६:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा