Play

प्रथम इको नेस्ट सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि बेलबोट क्लवलाई

गुरुकुल खबर


पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ, वडा ईकाइ १५ को अयोजनामा आयोजित प्रथम इको नेस्ट सेभेन ए साईड फुटबल प्रतियोगितामा बेलबोट युथ क्लवले प्रथम स्थान हात पारेको छ ।

नयाँ गाँउ युुथ क्लवलाई पराजित गर्दै बेलबोटले प्रथम स्थान हात पार्न सफल भएको हो । बेलबोटले ५० हजार नगद सहित ट्रफि हात पारे भने  नयाँ गाँउ युुथ क्लवले २५ हजार रुपैयाँ सहित ट्रफिमा चित्त बुुझाउनु पर्यो ।

नयाँ गाँउ युृथ क्लवका प्रविन बाँनिया, बेलबोट क्लवका कुशल र नयाँ गाँउ क्लवका अर्जुुन पुुनले वेष्ट डिफेन्डर र वेष्ट प्लेयरको उपाधि पाउन सफल भए ।

यसैगरी नेपाल लोकतान्त्रिक खेलकुद संघ, वडा ईकाइ १५ ले फेयर प्लेको उपाधि पाउन सफल भए ।

समापन समारोहमा इको नेष्ट टेक्नोलोजी प्रा.लि.का संस्थापक एवम् फुुटबल प्रतियोगिताका मुुख्य प्रायोजक राजेश गौतमले विजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

यसैगरी विशेष अतिथिहरु प्रथम पुुरस्कार प्रायोजक एवम् आभाष ट्रेडर्स प्रालिका प्रोपाइटर तथा नेपाली काँग्रेस क्षेत्र नं २ का कोषाध्यक्ष ललित कुँवर, द्धितिय पुरस्कार प्रायोजक एवम् नेपाली काँग्रेस वडा इकाई समिति १५का सभापति सुशिलराज पराजुली, नेपाली काँग्रेस क्षेत्र नं २ क का सभापति दिनेश आचार्य, २४ थान जर्सी प्रायोजक नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि पुुष्पराज पराजुली र अम्बिका पराजुलीले पनि पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुन, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश अध्यक्ष डेक पुन मगर, नेपाली काँग्रेस पोखरा महानगर समितिका सह सचिव सञ्जय आले, नेपाली काँग्रेसका महासमिति सदस्य ऋषि काफ्ले, नेपाल महिला संघ वडा १५ का इकाई सभापति विष्णुदेवी आचार्य, क्षेत्रीय प्रतिनिधि भेषराज गौतम, नेपाली काँग्रेस वडा इकाई समिति १४ का सभापति दिवस कुँवर, लोकतान्त्रिक खेलकुद संघ कास्कीका उपसभापति मिलन गुरुङ, ईकाई उपसभापति सुर्यबहादुर बाँनिया, सचिव रामबहादुर गिरी लगायतले विशेष उपस्थिति जनाएका थिए ।

कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनलाई खेलप्रति पुर्याएको योगदानको उच्च कदर स्वरुप सम्मान गरिएको थियो ।

अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन  लोकतान्त्रिक खेलकुद संघ कास्कीका सचिव प्रितम गुरुङले गरेका थिए ।

रेन्बो एकेडेमी होम्स वडा १५ को खेल मैदानमा विहीबारदेखि सुरु भएको फुटबल प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो ।

१० आश्विन २०७९, सोमबार २१:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा