Play

मिनि म्याराथनको उपाधी सुजन र पुष्पालाई

गुरुकुल खबर


स्याङ्जा : वालिङमा शनिबार सम्पन्न मिनि म्याराथन प्रतियोगितामा स्याङ्जाका सुजन क्षेत्री र महिलातर्फ पुष्पा गुरुङ प्रथम भएका छन्।

यसैगरी पुरुषतर्फ दाङका मनोज रोका मगर, स्याङ्जाका गीरप्रसाद गुरुङ र गिरमान श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो र चौथो भए।

उनीहरूले क्रमशः ३० हजार, २० हजार, १० हजार, चार हजार नगद सहित शिल्ड र मेडल पाएका छन्।

महिलातर्फ दिपकला सार्की, इन्द्रमाया खत्री दोश्रो र तेस्रो भए। उनीहरूले क्रमशः १० हजार, पाँच हजार र तीन हजार नगदसहित शिल्ड र मेडल पाएका हुन।

प्रतियोगितामा पुरुषतर्फ पाँचौ स्थानमा कर्णबहादुर खड्का, छैटौँमा फनबहादुर रोका र सातौँमा सुशील कुमाललाई जनही तीन हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

आठौंमा सागर थापा, नवौँमा सञ्जयकुमार गुप्ता र दशौंमा विजय श्रेष्ठलाई नगद दुई हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो।

लियो क्लव अफ वालिङ सिटीको आयोजनामा भएको ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगितामा पुरुषका लागि १७ दशमलव ७ किलोमिटर र महिलाका लागि ९ दशमलव ८ किलो मिटरको दौड प्रतियोगिता गरिएको क्लवका पूर्व अध्यक्ष दिक्षान्तप्रताप खाँणले जानकारी दिए।

भीरकोट नगरपालिकाको कार्यालय प्रमुख प्रवेशद्वारबाट सुरु भएको प्रतियोगिता वालिङ नगरपालिकाकै प्रमुखद्वारमा पुगेर टुंगिएको थियो।

मिनी म्याराथनमा देशभरका एक सय २० जना प्रतियोगी सहभागी थिए।

संघीय सांसद तथा कांग्रेस नेता मोहनप्रसाद पाण्डेले विजेतालाई पुरस्कार वितरण गर्दै लियो क्लबको भूमिकाको प्रशंसा गरे।

८ आश्विन २०७९, शनिबार २३:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा