Play

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग पुनः निर्वाचित

गुरुकुल खबर


पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल टीआई नेपालको २७ औँ वार्षिक साधारणसभाले पद्मिनी प्रधानाङ्गलाई अध्यक्ष पदमा पुनः निर्वाचित गरेको छ ।

सभाले कार्यसमिति सदस्यमा सबिता भण्डारी बराल, शरदचन्द्र वस्ती, सिताराम अग्रहरी, मदनकृष्ण शर्मा, महेन्द्र नारायण श्रेष्ठ, हरि बहादुर थापा, सुनिता गुरुङलाई निर्वाचित गरेको छ ।

अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ ।

सभाले संस्थाको आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।

भ्रष्टाचार विरुद्धको राजनीतिक प्रतिवद्धता र शुन्य संवेदनशिलता नारामा मात्र सिमित रहेको र संघीय संरचना र लोकतान्त्रिक व्यवस्था सुदृढ भई आम नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा अझै कार्यान्वयन हुन नसकेको कार्यकारी निर्देशक आशिष थापाले बताए ।

८ आश्विन २०७९, शनिबार ०६:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा