Play

रोटरीले गरेका सेवामुलक कार्यको उचित प्रचार भएन – गभर्नर राजभण्डारी

गुरुकुल खबर


रोटरी डिष्ट्रीक ३२९२ का गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले पोखरा र यस वरपरका क्षेत्रमा रोटरीले गरेका सेवामुलक कार्यको उचित प्रचार नभएको बताएका छन ।

रोटरी क्लव अफ अन्नपुर्णको भिजिट कार्यक्रममा बोल्दै गभर्नर राजभण्डारीले रोटरी क्लवले गरेका प्रोजेक्टहरुबारे जनसमुदायमा जानकारी गराउन आग्रह गरेका हुन ।

रोटरीले गर्ने कार्यहरुवारे जनमानसमा प्रचार भएमा कुन ठाउमा कस्तो कार्यक्रमको आवश्यकता छ भन्ने थाहा हुने र रोटरीले गरेको लगानीको सदुपयोग हुनेमा आश्वस्त हुन सकीने बताउदै उनले प्रोजेक्ट बजेटको आकारले नभइ त्यसको प्रभावकारिता र लाभान्वित वर्गको सन्तुष्टिले मापन हुने उल्लेख गरेका थिए ।

क्लवका अध्यक्ष देबेन्द्र बास्तोलाले रोटरी क्लव अफ अन्नपुर्णले अहिले सम्म सामुदायीक हितका लागी सयौ प्रोजेक्टमा करोडौ रुपया लगानी गरीसकेको बताए ।

क्लवले रोटरी इन्टरनेशनल, विभिन्न डिष्ट्रिक तथा क्लवहरुको सहकार्यमा चिमखोला हाइड्रो, स्वास्थ्यचौकी निर्माण, स्वास्थ्य सामाग्री प्रदान, सराङकोट खानेपानी, ब्लड कलेक्सन एम्बुलेन्स, बिधालय भवन निर्माण, शैक्षिक सामाग्री एवॅ खेलकुद सामाग्री बितरण लगायत निर्माण र पोलियो र्याली, नेतृत्व बिकास, स्वास्थ्य जनचेतना जस्ता जनचेतनाऋ वृदि लगायत कार्य गरेको बताउदै अध्यक्ष बास्तोलाले वर्ष २०२२/२०२३ को कार्य योजना मा रहेका कार्यहरु सबैको सहयोगमा सफल हुने बिश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा क्लव एडमिन चेयर सुरेश ध्वजु, मेम्बरशिप चेयर सरोज बराल, पब्लिक इमेज चेयर लक्की कार्की, रोटरी फाउण्डेशन चेयर दिनेश शंकर पालिखे , सर्भिस प्रोजेक्ट चेयर बाबुराम बराल र युथ सर्भिसका रामचन्द्र शर्माले आफ्नो आफ्नो कमिटीका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

रोटरी डिष्ट्रीक ३२९२ का पुर्व गभर्नर सञ्जय गिरी, निवर्तमान गभर्नर सन्तोष रिजाल, गभर्नर इलेक्ट राजेन्द्र धोजु , गभर्नर नोमिनी राजेन्द्र शेरचन को उपस्थिती रहेको कार्यक्रममा , डिस्ट्रीक सेक्रेटरी अमित गिरी, क्लवका प्रेसीडेन्ट इलेक्ट तोया बहादुर भट्टराइ , उपाध्यक्ष भानुभक्त भण्डारी लगायतले बोल्नु भएको थियो ।

क्लवका अध्यक्ष देबेन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निकेश कर्माचार्यले गरेका थिए

३ आश्विन २०७९, सोमबार २३:०० मा प्रकाशित
Nabintech