Play

खेलाडीहरुलाई खेल साम्रगी अभाव, सामाजिक संजाल मार्फत आर्थिक सहयोगको अपिल

गुरुकुल खबर


सुरज श्रेष्ठ

पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतका फेन्सिङ्ग खेलमा गण्डकी प्रदेशबाट छनोट भएका खेलाडीहरुलाई खेल साम्रगी अभाव भए पछि सहयोगको लागि सामाजिक संजाल मार्फत आर्थिक सहयोगको अपिल गरेको छ ।

सोमबार कास्की जिल्ला फेन्सिङ्ग संघका अध्यक्ष विजय शाहीले आफ्नो फेसबुकमा स्टाटस राखेर सार्वजनिक रुपमै आर्थिक सहयोगको लागि अपिल गरेका हो ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङ्ग खेलको लागि गण्डकी प्रदेशबाट २४ जना खेलाडीहरु छनोट भएका छन । ‘खेलाडी छनोट त भयो तर अहिले उनीहरुलाई पानी ख्वाउने पैसा पनि प्रदेशले दिएको छैन,सामाग्री किन्ने कुरा त परै जाओस ।’ अध्यक्ष विजय शाहीले भने ।

‘मिटिङ १७ पटक भयो, कालो चिया खाने बाहेक अरु केहि हुन सकेन,आज सम्म खेलाडीहरुको लागि आर्थिक जोहो हुन सकेको छैन । खेलाडी छनोट भई सक्यो,ब्याक भए खेलाडीको भविष्य अन्धकार बन्छ । खेलाडीहरुको भविष्यको लागि भए पनि अघि बढ्न आर्थिक जोहोको लागि फेसबुकमा स्टाटस राखेको शाहीले बताए ।

प्रत्येक खेलाडीको लगि प्रदेश संग ३० हजारको दरले ७ लाखको माग गरेको हौ । तर आज सम्म जोहो हुन सकेको छैन । आशा नभई सके पछि मैले फेसबुकमा स्टाटस राखेको हुँ । स्टाटस राखे पछि सहयोग आउन शुरु भई सकेको उनले बताए । थोरै भए पनि रकमको जोहो भए खेलाडीहरुको सामाग्री मगाउदै गर्छौ । उनले भने ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने महिला पुरुष गरि २४ जना खेलाडी छनोट भएका छन । छनोट भएका खेलाडीहरुमा पुरुष तर्फ खुसिमान गुरुङ, सुजन गुरुङ, शुक्र राज सुनार, दिनेश बहादुर पाण्डे, बिजय अधिकारी, नवराज कार्की, सुनिल थापा, प्रशान्त गुरुङ, दिपेस गुरुङ, नबिन गुरुङ, पवन तामाङ र पुर्ण बहादुर नेपाली रहेका छन ।

त्यसै गरि महिला तर्फ दिपिसा गुरुङ, अस्मिता मगर, सुबिना मगर, मिरा पुन, प्रतिक्षा राना, कृपा गुरुङ, बिनिता पुन, सुनमाया मगर, धनमाया गुरुङ, अक्सा गुरुङ, शर्मीला मगर र निश्चल पुन मगर छनोट भएका हुन ।

३० भाद्र २०७९, बिहीबार ०७:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा