Play

पोउवा संघको कार्यसमितिमा युवा व्यवसायी सौगात मनोनित

गुरुकुल खबर


पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी सौगात थापा मनोनित भएका छन ।

संघका नव निर्वाचित अध्यक्ष पवन प्रजापतिले संघको विधानको परिच्छेद ६ अन्तर्गत ६.१ ड को अधिकार प्रयोग गरि सदस्य मनोनित गरेका हुन ।

युवा व्यवसायी थापा पोखराको लेकसाईड स्थित बगैंचा वेलनेस रिसोर्टका संचालक समेत हुन । उनि अटोमोवाईल , रियल स्टेट साथै होटल व्यवसायमा समेत संलग्न छन् ।

नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका कानुन, संचार तथा संसदीय मामला मन्त्री बिन्दु कुमार थापाका सुपुत्र सौगात पोउवासंघको नया कार्य समिति बनेपछि मनोनित हुने पहिलो सदस्य हुन ।

संघको कार्य समितिमा अध्यक्षले चार जना सदस्य मनोनित गर्न सक्ने व्यवस्था विधानले गरेको छ ।

२८ भाद्र २०७९, मंगलवार १६:४८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा