Play

लिफ्ट दिएर सामूहिक बलात्कार गर्ने ८ जना पक्राउ

गुरुकुल खबर


पोखरा। पोखरा महानगरपालिका वडा नं ७ शान्तिनगरचोकबाट कारमा लिफ्ट दिएर एक महिलालाई सामुहिक बलात्कार गरेका छन् ।

भदौ १४ गते बिहान बगर जानकालागि बस कुरीरहेकी एक किशोरीलाई कारमा लिफ्ट दिएर महिलाको डेरा बगर सम्म पु¥याइदिने भन्दै उनीहरुले कास्कीको माछापुच्छे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै महिलाले कास्की प्रहरीमा जबर्जस्ती करणीमा उजुरी दिएकी छन् ।

माछापुच्छे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बंगुर फर्ममा लगी कर्मचारी बस्ने कोठामा ९ जनाले नै पटक पटक बलात्कार गरेको प्रहरीलाई बताएका कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले गुरुकुल खबरलाई जानकारी दिए ।

पिडित महिलाले १५ गते बेलुकै नै उजुरी दिएको डिएपी तिवारीले बताए । बलात्कारको आरोपमा ८ जनालाई पक्राउ गरी सकेको र १ जना अझै फरार रहेको उनले बताए ।

पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहको उनले बताए । थप एक जनाको पनि खोजी भइरहेको डिएसपी तिवारीले जानकारी दिए ।

 

२६ भाद्र २०७९, आईतवार १६:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा