Play

सार्वजनिक पार्क निर्माण गर्न महानगरकै भवनमा डोजर

गुरुकुल खबर


पोखरा । पोखराको महेन्द्रपुलचोकमा सार्वजनिक र्पाक निर्माण गर्न पोखरा महानगरपालिका वडा नं ९ ले पहल सुरु गरेको छ ।

पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको िभवन भत्काएर सो स्थानमा पार्क निर्माण गर्ने योजना अनुरुप विहिबार बिहान वडा कार्यालयको अगुवाईमा डोजर लगाइएको थियो । पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले वर्षौदेखि महानगरपालिकाको भवनमा भाडामा बस्दै आएका व्यवसायीहरुलाई सम्झाई बुझाई त्यहाँबाट हटाइएको र डोजर लगाईएको बताए ।

कतिपयले चाडबाडको आगमन हुदै गर्र्दा भाडाँमा बसेका व्यवसायीलाई जबरजस्ती हटाईएको बताए पनि वडाध्यक्ष मर्सानीले त्यहाँ बस्ने व्यवसायीहरु खुशीसाथ अन्यत्र गएको स्पष्ट पारे । महानगरपालिकाका ती दुवै भवन सेती नदी किनारमा भएकोले मापदण्ड विपरीत रहेका थिए ।

मर्सानीका अनुसार दुई वटा भवनका ३२ वटा सटरमा बस्ने व्यवसायीहरुबाट लाखौं रुपैयाँ भाडा उठ्न सकेको छैन । ती भवनमा पोखरा आर्ट ग्याँलरी, पोखरा सार्वजनिक पुस्तकालय सहित ३२ वटा सटरहरु रहेका छन् ।

महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै उक्त भवन भत्काउने निर्णय भएको थियो । विहीबार बिहान सोही वडाका वडाध्यक्ष मर्सानी सहित पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहितको टोली भवनमा डोजर लगाउने समयमा उपस्थित थिए ।

यसअगाडि महानगरले त्यहाँका सटर खालि गर्न भन्दै ३५ दिने सूचना निकालेको थियो । सूचना प्रकाशित भएको ३६ औँ दिनमा महानगरले डोजर चलाएको हो ।

२३ भाद्र २०७९, बिहीबार १५:४९ मा प्रकाशित
Nabintech