Play

पोखरामा “सरोज गोपाल स्मृति सांगीतिक साँझ” हुने

गुरुकुल खबर


पोखरा । कालजयी गीतहरुका संकलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौं स्मृति दिवसमा पोखरामा “सरोज गोपाल स्मृति सांगीतिक साँझ” हुने भएको छ ।

पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा आउँदो असोज १ गते “सरोज गोपाल स्मृति सांगीतिक साँझ” हुने भएको हो।

आफ्नो जीवनकालमा विभिन्न कालजयी गीतहरुमा सङ्गीत भर्नुका साथै सुमधुर र मौलिक आवाज समेत भरेका स्व.बज्रचार्यका देउराली उकाली चढेर… नक्कलीलाई भगााइ लग्यो झिल्केले…दाइको घर कहाँ हो कहाँ… करोडौं मुटुहरुको ढुकढुकी…जस्ता दर्जनौं चर्चित लोक तथा राष्ट्रिय गीत रहेका छन् ।

२००९ साल मंसिर २ गते जन्मेका स्व. सरोजगोपालको वास्तविक नाम गोपाल बज्राचार्य हो । नेपाली गीतसंगीतको दुनियाँमा प्रवेश गरेपछि उनले सर्जकहरु जातपातभन्दा माथि हुन्छ भन्दै नाम फेरेर सरोज गोपाल बनाएका थिए ।

नगरविकास प्रशिक्षण केन्द्रमा लामो समय जागीरे जीवन बिताएका उनले ०४७ सालताका त्यहाँबाट स्वैच्छिक अवकास लिएका थिए । त्यसपछि उनले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रशारण केन्द्रमा लामै समय कार्यक्रम प्रमुखका रुपमा सेवा गरे । माछापुछ्रे एफएम पोखराका स्टेशन प्रमुख पनि भए । २०७१ साउन २९ गते ६५ वर्षको उमेरमा बज्राचार्यको निधन भएको थियो ।

पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष समेत रहेका स्व. बज्राचार्यको सम्झनामा साँगीतिक कार्यक्रमको आयोजन गर्न लागेको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।

सङ्गीतकार शुनिल थापाको सङ्गीत संयोजन रहने उक्त साँङ्गीतिक साँझमा कर्ण दास, तारा थापा, बाबा राणा, रामभक्त जोजीजू, विनोद बाँनिया, इतु जोजीजू, विनित जोजीजू, फिरोज गोपाल बज्राचार्य लगायतका स्थापित गायक गायिकाले पोखरेली गीत संगीतप्रेमीलाई सरोज गोपालका गीतहरु सुनाउने आयोजकले जनाएको छ ।

२२ भाद्र २०७९, बुधबार २१:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा