Play

व्यवसायीहरुको बस्तुगत संघमा प्रजापति समूहको भेटघाट शुरु

गुरुकुल खबर


पोखरा,  पवनकुमार प्रजापति समूहले विभिन्न व्यवसायिक संगठनहरुसँग भेटघाट शुरु गरेको छ । बस्तुगत व्यवसायीहरुको संघमा आबद्ध व्यवसायीहरुलाई एकमुस्ट रुपमा भेटेर समूहले आफ्नो पक्षमा मत मागिरहेको छ । सोमबार भाँडा व्यवसायी संघ पोखरामा आबद्ध व्यवसायीहरुलाई संस्थागत रुपमा भेटेर पवनकुमार प्रजापति समूहले आफ्नो पक्षमा मत माग्यो ।

भेटको क्रममा संघमा आबद्ध उद्योगी व्यवसायीहरुलाई संस्थागत रुपमै सहयोग गर्ने वचन समेत दिएको थियो । भाँडा व्यवसायी संघ पोखराका अध्यक्ष कविन्द्रमान पालिखेले संस्थागत रुपमै अध्यक्षमा पवनकुमार प्रजापति र उनको समूहलाई संघले सघाउने प्रस्ट पारे । लामो समयदेखि अनुभव बटुल्दै क्रमैसँग नेतृत्वको दाबी गर्न आउनुभएका प्रजापतिलाई नै हाम्रो संघले समर्थन गर्ने कुरा म जानकारी गराउन चाहन्छु ।

कार्यक्रमका बीच भाँडा उद्योगी समेत रहेका भााँडा व्यवसायी संघका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पुर्व वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले पवनकुमार प्रजापति निर्विरोध अध्यक्ष हुनुपर्ने व्यक्ति भएको दाबी गरे ,  तैपनि हामी मतदान प्रकृयामा गएर बालहठलाई हराउन जरुरी छ ।

कार्यक्रमका बीच पवनकुमार प्रजापति र उनको समूहले आफ्ना कार्ययोजना सुनाउँदै उद्योगी व्यवसायीहरुलाई मत मागेका थिए ।

यसैगरि मंगलबार पवनकुमार प्रजापति र उनको समूह सिद्घार्थचोक, बगालेटोल, आलुमाईला चोक, ह्वाईट हाउस पार्टी प्यालेस हुँदै सृजनाचोकसम्म घरदैलो गरि मत मागेका थिए । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशन भदौ २४ र २५ गते हुँदैछ ।

महाधिवेशनमा पवनकुमार प्रजापति प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

२१ भाद्र २०७९, मंगलवार २२:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा