Play

नेपाली कांग्रेस गण्डकी प्रदेशले ३० लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको आईतबार सम्पन्न वैठकले आसन्न प्रदेश र सघको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवारहरुलाई बिजयी गराउन बिभिन्न निर्णय गरेको छ ।

नेपाली कांग्रेस प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले आसन्न निर्वाचनमा गण्डकी प्रदेशभीत्र नेपाली कांग्रेसका उमेदवारहरु जिताउनको लागि आवश्यक पर्ने चुनावी रणनीति बनाउने सम्बन्धमा कसरी गम्भीर छलफल भएको गण्डकी प्रदेश समितिका प्रवक्ता माधब प्रसाद बास्तोला “मधु”ले जानकारी दिएका छन् ।

त्यसैगरि नेपाली कांग्रेसमा रहेर विभिन्न चरणका आन्दोलनमा तथा कांग्रेसको संगठन सुदृढ़ गर्न योगदान पुर्याएका कांग्रेस नेता र कार्यकर्ताहरुलाई सम्मान गर्ने लक्ष्यराज साथ ३० लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने निर्णय समेत गरिएको उनले बताए।

यही भदौ २४ गते विपी जयन्तिको अवसरमा प्रदेश कार्यालय भीत्र विपी स्मृती पुस्तकालय र सुचना सञ्चार तथा प्रचार प्रसार बिभागको कक्ष समेत उद्घाटन गरिने निर्णय गरेको बताइएको छ।

यसैगरि केन्द्रीय कार्यालयको परिपत्र अनुसार गण्डकी प्र्रदेशका ११ जिल्लाबाट राय सहित सिफारिस भइ आएका प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक आकांक्षी उम्मेद्वार सबैको नामका विषयमा छलफल गरिएको छ ।

आकांक्षी सबैको नामावलीमा आवश्यक राय तय गर्न प्रदेशका पदाधिकारीलाई जिम्मा दिने बैठकले निर्णय गरेको प्रचार विभागका सदस्य सचिव राज बहादुर गुरुडंले जानकारी जानकारी दिएका छन् ।

उक्त वैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको ममतामयी माता दमयन्ती भण्डारीको ९६ वर्षको उमेरमा असामयिक निधन भएको भन्दै गहिरो शोक व्यक्त गरेको सोही बैठकमा सहभागी प्रचार विभागका उप प्रमुख शिरोमणि बरालले बताए ।

१९ भाद्र २०७९, आईतवार २१:३३ मा प्रकाशित
Nabintech