Play

सिद्ध पब्लिक कलेज पोखरा १५ को अध्यक्षमा युवा पण्डित गौतम

गुरुकुल खबर


पोखरा । सिद्ध पब्लिक कलेज पोखरा १५ को तेस्रो अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले युवा पण्डित कमल नयन गौतमको अध्यक्षतामा नयां कार्यसमितिको चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा प्रमुख संरक्षक भक्तबहादुर खत्री, कोषाध्यक्षमा प्रमुख संरक्षक शिवबहादुर बानियां, वरिष्ट सदस्यमा संरक्षक मिनबहादुर गिरी रहेका छन। सदस्यहरुमा तोरणबहादुर बानियां र सिनेटर सदस्य प्रकाश पौडेल रहेका छन् ।

कलेज सञ्चालक समितिका अध्यक्ष मिनबहादुर गिरीको अध्यक्षता र वडा नं १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष युवा पंडित कमल नयन गौतम, पब्लिक क्याम्स संघ गण्डकी प्रदेशका उपसंयोजक तथा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिरन्जी गौतम, सञ्चालक समितिका उपाध्यक्ष तथा प्रमुख संरक्षक भक्तबहादुर खत्री, प्राध्यापकहरुको तर्फबाट पबित्रमणी भण्डारी र श्री सिद्ध मा.वि.का प्रधनाध्यापक गुरुदत्त कोइरालालगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रमुख संरक्षक तथा भवन निर्माण समितिका संयोजक शिवबहादुर बानियां ले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्याम्पस प्रमुख भिमराज पुनले क्याम्पसको यस वर्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

१६ भाद्र २०७९, बिहीबार २१:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा