Play

जरो टुप्पोमा १५७ औं मोतीजयन्ती

गुरुकुल खबर


पोखरा , जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले विविध कार्यक्रमका साथ शनिवार १५७ औं जन्मजयन्ती मनाएको छ । स्थापनाकालदेखि विविध कार्यक्रमका साथ मोती जयन्ती मनाउँदै आएकोमा संस्थाले रचनावाचन तथा मोतीराम भट्टको योगदान विषयमा परिचर्चा कार्यक्रम आयोजना गरेको हो ।

समारोहमा अग्रज पत्रकार उदयबहादुर अमात्य, अग्रज कलाकार यादवचन्द्र भुर्तेल, साहित्यकार डा. जगन्नाथ रेग्मी, समाजसेवी संगीत गौतम तिम्सिनालगायतले मोतीराम भट्टका विविध आयामबारे चर्चा गरेका थिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले नेपाली वाङ्मयका क्षेत्रमा जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल पृथक आयामका साथ अगाडि बढ्नु नेपाली साहित्यको श्रीवृद्धिका लागि स्तुत्य कार्य र नयाँ आयाम भएको बताए ।

वडा नं. ३ का जनप्रतिनिधि सनकमान सिके, पत्रकार गणेशबज्र लामा, पद्मराज उदासी, असफल गौतम, गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, शुक्ला साहित्य प्रतिष्ठानका निवर्तमान अध्यक्ष सुमनराज पौडेललगायत विविध क्षेत्रका वक्ताले मोतीरामका विविध आयाम बारेमा चर्चा गरे ।

कार्यक्रममा टेकनाथ पीडित, लक्ष्मी देवकोटा, विष्णु बास्तोला, अम्बिका भण्डारीलगायतले रचनावाचन गरेका थिए । संस्थाका महासचिव मदन भण्डारीले साहित्यको जरोटुप्पो जोगाउने जिम्मेवारी हामी सबैको भएकाले एक भएर अगाडि बढ्न आह्वान गर्दै सम्पूर्णमा आभार व्यक्त गरेका थिए ।

११ भाद्र २०७९, शनिबार २२:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा