Play

माओवादीसँग एकताका लागि एकता संयोजन समिति बनाउन नेकपा एसको निर्णय

गुरुकुल खबर


काठमाडाैं । माओवादी केन्द्रसँग एकता गर्नका लागि एकता संयोजन समिति बनाउन नेकपा एकीकृत समाजवादीको सचिवालयले निर्णय गरेको छ । २०७९ भदौ १ गते बसेको  सचिवालय बैठकले उक्त निर्णय गरेसँगै एकीकृत समाजवादीमा भने ठूलो भूईचालो गएको छ ।

कार्यकर्ता तहमा भने एमालेसँगको विद्रोह माओवादीसँग मिल्नका लागि होइन भन्ने फेसबुकमा स्टाटस लेख्नेदेखि विभिन्न टिप्पणी गर्न थालेका छन् । नेताहरुले भने अहिलेसम्म औपचारिक रुपमा केही भनेका छैनन् ।

माओवादीसँगको एकताभन्दा एमालेको कार्यकर्ता हुन राम्रो हुने भन्ने उनीहरुको तर्क रहेको छ । खासगरी, एमाले नेता झलनाथ खनालनिकट युवा नेताहरु माओवादीस“गको एकताको चर्को विरोधमा देखिएका छन् । झलनाथ खनाल पहिलादेखि नै माओवादीसँग एकता गर्ने पक्षमा थिएनन् ।

वामदेव गौतमसहितका नेताहरु प्रचण्डको ओतमा पुगेपछि खनाल पनि मौन देखिएका हुन् । खनाल सुरुका दिनमा एमालेसँग एकता गर्नुपर्ने पक्षमा भएपनि १ भदौको बैठकमा भने माओवादीसँग मिल्ने कुरामा असहमति राखेनन् । बरु, माओवादीसँग एकताका लागि गठन गर्ने संयोजना समितिमा माधव कुमार नेपाल र झलनाथ खनाल दुवै बस्ने अनौपचारिक सहमति भएको छ ।

एक नेताको भनाइमा दुवै पार्टीका शीर्ष दुई दुई नेता गरेर ४ जनाको संयोजन समिति बनाउन प्रस्ताव गरिएको छ । तीन नेताको भनाइमा चुनाव अघि एकता हुने संभावना भने रहेको छैन  । चुनाव अघि नै एकता भएमा एकीकृत समाजवादीको एउटा टीम एमालेमै फर्किन सक्ने पनि आशंका रहेको छ । नेता र कार्यकर्ताहरु फर्किनबाट रोक्नका लागि पनि चुनावसम्म एकता संयोजन समितिमार्फत नै काम गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मास लिडरको भूमिकामा काम गर्ने माधव नेपालले संगठनमा काम गर्नेगरी उनीहरु अगाडि बढ्न खोजेका छन् । नेता झलनाथ खनाललाई भने सकेसम्म राष्ट्रपति बनाउने प्रचण्डको आश्वासन रहेको छ ।

स्रोतका अनुसार, यो विषयमा पटकपटक छलफल भएका छन् । एकता संयोजन समिति बनाउने र वृहत् कम्युनिष्ट एकताको माहोल बनाउन सकियो भने एमालेमा पनि दबाब बढ्ने र गठबन्धनमा जोडिने नेपाल, खनाल र प्रचण्डको रणनीति देखिन्छ । वामदेव गौतमसमेत जोडिएपछि एमालेमाथि त्यसै पनि दबाब बढ्ने अनुमान भइरहेको छ ।

२ भाद्र २०७९, बिहीबार ११:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा