Play

सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्छ- कांग्रेस केन्द्रीय सदस्य महर

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नैनसिंह महरले राजनीतिमा युवाको जबर्जस्त उपस्थिति र नेतृत्व स्थापित हुनका लागि संघ प्रदेशको निर्वाचनमा सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्ने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालले राजधानीमा आयोजना गरेको राजनीतिमा युवा सहभागिता र नेतृत्व विषयक प्यानल छलफल कार्यक्रममा बोल्दै युवा नेता महरले स्थानीय तह निर्वाचनमा २१ देखि ६० वर्ष उमेर समूहका ४१.१४ प्रतिशत युवा निर्वाचित हुनु सुखद पक्ष भएको र अबको निर्वाचनमा पनि युवाको सम्मानजनक उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।

आजको राजनीतिमा युवाको नाममा दशकौंदेखि दलहरुभित्र केही सीमित व्यक्ति स्थापित भए पनि अहिले उनीहरु पुराना भइसकेको भन्दै महरले वर्तमान नेपाली राजनीतिले नयाँ दृष्टिकोण सहितको युवा खोजेकाले ४९ प्रतिशत बढी मतदाता रहेको युवाको परिवर्तनकारी चाहना बुझ्नुपर्ने बताउनुभयो ।

३४ वर्षको उमेरमा फिनल्यान्डको प्रधानमन्त्री सान्ना मिरेला मारिन बनेको, अमेरिकामा ८२ वर्षीय सभामुख र ८० वर्ष हाराहारीको राष्ट्रपति भएका कारणले उमेरसँगै व्यक्ति परिवर्तनप्रतिको चाहना, दृष्टिकोण तथा कार्यक्रम कार्यान्वयन गर्ने क्षमता झनै महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।

विपी कोइराला, मदन भण्डारीहरु उमेरका मात्र नभई विचार र कार्यक्रम कार्यान्वयन तथा साहसका कारण युवा अवस्थामै नेता स्थापित भएकाले युवा पुस्ताले आँटका साथ नेतृत्वका लागि हस्तक्षेपकारी कदम चाल्नुपर्छ, युवा नेता महरले भन्नुभयो ।

उहाँले युवा स्वयं दायित्वका रुपमा नभई सम्पत्तिका रुपमा आएर अगाडि बढ्नुपर्ने विचार राख्नु भयो । युवा नेतृत्वमा स्थापित हुन र स्वतन्त्र रुपमा काम गर्न भोक र डरबाट मुक्त हुनुपर्ने र लोकतन्त्रमा मात्र सम्भव हुने नेता महरको भनाइ छ ।

यस पटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट ४०, एमाले ३३ र माओवादीबाट १७ प्रतिशत र अन्यबाट १० प्रतिशत युवा निर्वाचित भएका छन् ।

२९ श्रावण २०७९, आईतवार ०७:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा