Play

राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमितलाई पोखरामा सम्मान

गुरुकुल खबर


पोखरा । राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमित श्रेष्ठ लाई पोखरामा सम्मान गरिएको छ । भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागतसहित सम्मान गरेको हो ।
उनलाई युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, फुटबलर रन्दिप पौडेल, अन्जन देवकोटा तथा युनाइटेड बगरका सदस्यहरुले खादा तथा सम्मान पत्र अर्पण गरे । सो अवसरमा बोल्दै फुटबलर श्रेष्ठले राष्ट्रको नाममा खेल खेल्ने सपना साकार भएको बताए । उनले आगामी दिनमा झन उत्कृष्ट खेल प्रर्दशन गर्ने निरन्तर मेहनत गर्ने समेत बताएका थिए ।
यसैगरि युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङले श्रेष्ठलाई पोखरामा स्वागत गर्दै बधाई ज्ञापन गरे  । उनले आगामी दिनमा अझ खेललाई परिस्कृत गर्दै अगाडी बढ्नुपर्नेमा समेत जोड दिएका थिए ।

सम्मानित श्रेष्ठ यसअघि नेपाली राष्ट्रिय फुटसल टिमबाट समेत डेब्यु गरिसकेका छन् । उक्त स्वागत तथा सम्मान कार्याक्रममा फुटबलर, रन्दिप पौडेल, फुटबलर अञ्जन देवकोटा, फुटसलका ए डिभिजन खेलाडी सुदिप सुनार लगायतको उपस्थिति रहेको थिय।

२४ श्रावण २०७९, मंगलवार ०७:१९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा