Play

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने सत्ता गठबन्धनको सहमति

गुरुकुल खबर


काठमाडौ,  सत्ता गठबन्धनले  मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने सहमति गरेकाे छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनका शीर्ष नेताबीच बुधबार सो सहमति भएको जानकारी दिनुभयाे ।

बालुवटारमा भएको छलफलमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको वरिष्ठ नेता पौडेलको भनाइ छ। नेता पौडेलले भन्नुभयो, “मंसिर ४ गते सहमति भइसक्यो । त्यही हो, सरकारले अब घोषणा गर्छ । बैठक फेरि पर्सी बस्छ ।” उहाँका अनुसार अब सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति औपचारिक रुपमा घोषणा गर्नेछ ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो।

बैठकमा सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो।

बैठक बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको हो।  वरिष्ठ नेता पौडेलका अनुसार  सत्ता गठबन्धनको अर्को बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्नेछ।

१८ श्रावण २०७९, बुधबार २०:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा