Play

नायब सुब्बा बचाउ अभियानको पहलमा सिंहदरबारमा आन्दोलन

गुरुकुल खबर


काठमाडौँ ,प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले आज सिंहदरबारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्।

नायब सुब्बा बचाउ अभियानको पहलमा हातमा विभिन्न नारा र मागहरु उल्लेखित प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।

प्रत्यक्ष जनसम्पर्कमा रहेर सरकारको नीति तथा कार्यक्रमको कार्यान्वन र सेवा प्रवाह गर्न सबै भन्दा महत्वपूर्ण भूमिकामा रहेका राजपत्र अनंकित कर्मचारीहरूले विगत लामो समयदेखि उठाउँदै आएका सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई नजरअन्दाज गरिएकोले सरकारको ध्यानाकर्षण गर्न यो कार्यक्रम राखिएको अभियन्ता एवं नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए।

संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राखिनुपर्ने, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत र आन्तरिक/अन्तरतह प्रतिस्पर्धा २० प्रतिशत कायम गरिनुपर्ने, सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने तथा सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने जस्ता प्रावधान समावेश गरी यथासिघ्र संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने माग गर्दै नायब सुब्बाहरुले विगत लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।

१६ श्रावण २०७९, सोमबार २१:५८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा