Play

पोखरामा साउन १३ र १४ गते ‘मेट्रो मेयर मिट’ नेपाल हुने

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा मेयर सम्मेलन हुने भएको छ । यही साउन १३ र १४ गते यहाँ मेट्रो मेयर मिट नेपाल हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ ।
सम्मेलनमा महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमामा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए ।

पहिलो दिनको लेकसाइडस्थित होटल बाराहीमा भेला भई सराङकोटस्थित सराङकोट माउण्टेन लजमा सहभागी पुग्ने छन् । जसमा संघीयता, महानगर र अबको बाटो’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलको मुख्य प्रस्तुति रहनेछ ।

यस्तै, पोखरा, काठमाडौ, बिराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफ्ना महानगरका मुख्य योजना तथा कार्यान्वयनका चुनौती विषयमा सम्बोधन गर्ने छन् ।

महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौती’ विषयमा मन्तव्य राख्ने छन् ।

साथै दोस्रो दिन महानगरको साझा सवाल’विषयमा संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासन विषयमा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले प्रस्तुति राख्ने छन् । यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौती’ विषयमा छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुनेछ । अन्त्यमा, पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिने पोखरा महानगरका प्रमुख आचार्यले बताए ।

१० श्रावण २०७९, मंगलवार १७:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा