Play

विपी स्मृति दिवसमा गरिने रक्तदान कार्यक्रमको तयारी पुरा

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वि पि कोईरालाको ४० औं स्मृति दिवसको सन्दर्भमा पोखरामा आयोजना गरिने रक्तदान कार्यक्रमको तयारी पुरा भएको  छ ।

नेपाली कांग्रेस पोखरा महानगर समितिको आयोजना , कास्की जिल्ला समितिको सहयोग र क्षेत्रीय समितिहरुको संयोजनमा रक्तदान कार्यक्रम गरिन लागेको हो ।

यही साउन ६ गते पोखराको चिप्लेढुंगा स्थित विपी चोकमा हुने रक्तदान कार्यक्रमको तयारी  पुरा भएको बताईएको हो ।

रक्तदान जीवनदान भन्ने मुल नाराका साथ साउन ६ गते शुक्रबार बिहान साढे ७ बजे देखि विपी चोक चिप्लेढुंगामा रक्तदान कार्यक्रम हुने नेपाली काँग्रेस पोखरा महानगरका कोषाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गराउन बुधबार नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको उपस्थितिमा महानगर कार्यसमितिका पदाधिकारी र कार्य सम्पादन समितिका सदस्यहरुबीच संयुक्त बैठक समेत बसेको थियो ।

महानगर सभापति सुरेन्द्र विजुक्छेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागि जिम्मेवारी बाँडफाँड समेत गरिएको महानगर समितिका प्रवक्ता धनन्जय पौडेलले गुरुकुल खवरलाई जानकारी दिए ।

समाजका हरेक क्रियाकलापमा नेपाली काँग्रेस सक्रिय छ भन्ने सन्देश दिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको महानगर समितिले जनाएको छ ।

४ श्रावण २०७९, बुधबार २१:३६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा