Play

प्रजातन्त्रका सेनानी आचार्यद्धारा काँग्रेसको वडा कार्यालय बनाउन ५० लाख बढी हस्तान्तरण

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेस सम्वद्द नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका अध्यक्ष लिलाभक्त आचार्यले नेपाली कांग्रेस पोखरा महानगरपालिका १७ वडा कार्य समितिको भवन निर्माणका लागि ५० लाख ५५ हज़ार ५५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।

प्रधानमंत्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा केही महिना अगाडी भएको एक कार्यक्रममा अध्यक्ष आचार्यले उक्त रकम दिने घोषणा गरेका थिए । सो घोषणा अनुरुप आईतबार चेक हस्तान्तरण गरिएको हो ।

९४ वर्षिय आचार्यले कास्की कांग्रेसका सभापति किशोरदत्त बराल , वडा कार्य समितिका सभापति देवराज आचार्य र आचार्यका छोरा विश्व आचार्यको नाममा संयुक्त खाता रहने गरि रकम हस्तान्तरण गरेका हुन्। उनले कांग्रेसको वडा कार्यालय भवन बनाउनका लागि मात्र उक्त रकम खर्च गर्न आग्रह गरेका छन् ।

रकम हस्तान्तरण गर्दा नेपाली काँग्रेस कास्कीका कार्यसमिति सदस्य गंगाधर पराजुली, वडा कार्यसमितिका उपसभापति डि आर भट्टराई, कांग्रेसका स्थानीय नेताहरु श्याम शर्मा, विष्णु पौडेल, भिम बहादुर भट्टराई, मुक्ति भण्डारी समेत सहभागी थिए ।

२६ असार २०७९, आईतवार १८:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा