Play

होटल संघ पोखरा नेपालको आयोजनामा टुर प्याकेज तालिम

गुरुकुल खबर


पोखरा । होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्दनमा एक दिने टुर प्याकेज तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तालिममा पर्यटन क्षेत्र सम्बद्ध व्यवसायीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड १९ का कारण दुई बर्ष पोखरासँगै नेपालको पर्यटन ठप्प हुन पुग्दा थुप्रै पर्यटन व्यवसायी र यस क्षेत्रका मजदूर, कामदार र कर्मचारीहरु पलायन हुन पुगेकोप्रति दुख व्यक्त गरे ।

होटल संघले लामो समयदेखि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपालका विभिन्न भागमा कार्यक्रम गरी जाउँ है पोखरा अभियान र भारतमा पनि त्यसैगरी चलिय पोखरा अभियान संचालन गर्दै आइरहेको स्मरण गराए । साथै चीन र अन्य तेश्रो मुलुकमा समेत नेपाल प्रवद्र्धनका लागि पर्यटन मार्टहरुमा संघ सहभागी हुँदै आएको सुवेदीले जानकारी दिए ।

होटल, ट्राभल, पदयात्रा, साहसिक पर्यटन लगायत विविध क्षेत्रलाई समेटेर अहिलेको अफ सिजनमा पर्यटकका लागि विशेष प्याकेज बनाउने उद्धेश्यले समेत कार्यक्रम आयोजना गरिएको सुवेदीले बताए ।

सो अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रमराज गौतम, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख निर्देशक काशिराज भण्डारी र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेज पोखराका प्राचार्य प्रकाश रेग्मीले सहभागीहरु बिच आफ्ना प्रस्तुती राखेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले तालिमले व्यवसायीमा थप उर्जा मिलेको भन्दै व्यवसायलाई परिष्कृत ढंगले अगाडि बढाउन यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र महासचिव राजेन्द्र ढकालले पनि आफ्नो भनाई राखेका थिए ।

 

२५ असार २०७९, शनिबार ०९:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा