Play

गण्डकी प्रदेशका अर्थ मन्त्री बराल माओबादी केन्द्रको केन्द्रिय सदस्य

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा मनोनित भएका छन्। आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराललाई केन्द्रिय सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गरेका थिए । मन्त्री बराल यस अघि गण्डकी प्रदेशको पार्टी सदस्य भएका थिए ।

त्यसै गरी बैठकले आसमान रोका, तेज कुमारी पौडेललाई समेत केन्द्रिय सदस्यमा मनोनयन गरेको श्रोतको भनाई छ । मनोनित भएका सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीको हेडक्वाटरमा सोमबार सपथ ग्रहण गराएको रोकाले जनाए । काठमाण्डौंमा सोमबार देखि सुरु भएको बैठक असार २१ गतेसम्म चल्ने भएको उनले जनाए ।

गण्डकी प्रदेशको प्रदेश सभामा बजेट सम्बन्धि छलफल सोमबार देखि संचालन हुने भएको हुदा मन्त्री बराल पोखरा फर्किदै गरेको श्रोतको भनाई छ ।

१९ असार २०७९, आईतवार २१:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा