Play

पोखरा सुनचांदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित

गुरुकुल खबर


पोखरा। पोखरा सुनचांदी व्यवसायी संघको २३ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सह सचिवमा रविन्द्र बज्रचार्य चयन भएका छन् भने सदस्यहरुमा इश्वमान बुद्वाचार्य, महेशरत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन भएका छन् ।

संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले कार्यक्रमको उद्घाटन गर्दै सुनचांदी ब्यवशायीहरुले आफ्नो व्यवसायलाई मर्यादित बनाएर ग्राहकहरुलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य , नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचादी व्यवसायीको समस्या तथा अधिकारका बारेमा आ आफ्नो धारणाा राखेका थिए ।

दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु रहेका थिए ।

संघमा ४४ जना सदस्यहरु रहेका छन् ।

 

१९ असार २०७९, आईतवार १७:२८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा