काठमाडौं ,भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको छ।
नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको हो।
नेपाल सरकारका शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले यी संस्थाहरुलाई चाबी प्रदान गरे।
यी एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ कै एक हिस्साको रुपमा लिएको छ।
१९ असार २०७९, आईतवार १६:५० मा प्रकाशित