Play

मुख्य प्रतिस्पर्धी छुट्याउन नसक्दा जित्ने ठाउँमा पनि कांग्रेसको हार- केन्द्रीय सदस्य महर

गुरुकुल खबर


नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तह निर्वाचनमा मुख्य प्रतिस्पर्धी छुट्याउन नसक्दा जित्ने ठाउँमा पनि हार व्यहोर्नुपरेको बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

समितिको प्रतिवेदनमाथि सुझाव राख्दै उनले आगामी निर्वाचनमा सूचना संयन्त्र चुस्त दुरुस्त हुनुपर्ने, उम्मेदवारी दर्ता गर्दा नै घोषणपत्र तयार गरेर वितरण गर्नुपर्ने, प्रवासी नेपालीका लागि मतदान गर्ने कानुन बनाउनुपर्ने, प्रवासी नेपालीलाई पनि स्वदेशमा निर्वाचनका लागि वकालत गर्ने वातावरण तयार गर्नुपर्ने बताए ।

त्यस्तै, उनले बागी उम्मेदवार बन्नेलाई कारबाही गर्नु जायज भएको बताए । तर, उम्मेदवार छनाेटमा भएको कमजोरीकाे जिम्मेवारी पार्टीले लिनुपर्ने बताए । ‘बागी उम्मेदवार बन्नेलाई कारबाही गर्नु जायज छ तर जनताले औँला उठाउने खालका व्यक्तिलाई पार्टीको टिकट दिएर चुनाव हारेको खण्डमा संसदीय समितिले जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’ उनको प्रश्न थियो ।

समिति बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गरी प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमा कांग्रेस र गठबन्धनकै कारण कतिपय स्थानमा जित हासिल हुन सक्ने स्थानमा पनि जित हासिल हुन नसकेको निष्कर्ष निकालिएको छ ।

१६ असार २०७९, बिहीबार २०:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा