Play

१७ औं रोपाई तथा दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव सम्पन्न

गुरुकुल खबर


पोखरा । “पोखरा सबै मौसमका लागीू भन्ने मुल नाराका साथ १७असार १५ को अवसरमा आयोजित १७औ असारे रोपाई महोत्सव तथा दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं २५ को माइस्थान प्राङ्गण हेम्जामा तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्ण बहादुर कुँवर, मैना केसी र प्रकाश पौडेलको करिब १० रोपनी क्षेत्रफल खेतमा आयोजना गरिएको थियो ।

विभिन्न झाँकीहरु, पन्चेबाजा तथा लाखेनाचले कार्यक्रममा रौनक थपेका थिए। केहि विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई रोपाइ सिकाउन खेतमै लगेका थिए भने झरीका बाबजुद पनि बिदेशी पर्यटकहरु हिलो खेल्न पुगेका थिए ।

अध्यक्ष गोपिबहादुर भट्टराईको अध्यक्षता र पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेबी गुरुङको प्रमुख आतिथ्यतामासम्पन्न कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका कार्यालय प्रमुख काशिराज भण्डारी लगायतका वक्ताहरुले खाद्यान्न आयातलाई प्रतिस्थापन गर्नुपर्ने र कृषि उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए ।

पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले कार्यक्रम संचालन र संयोजक पोम नारायण श्रेष्ठले रोपाई महोत्सवको महत्त्वका बारेमा प्रकाश पारेका थिए ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ विगत २०६१ साल देखि पोखरा पर्यटन परिषदले निरन्तर रुपमा पोखरामा असारे रोपाई महोत्सवको आयोजना गर्दै आएको छ ।

१६ असार २०७९, बिहीबार ०७:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा