Play

राप्रपाद्धारा प्रधानमन्त्री समक्ष प्रदेश खारेजको माग

गुरुकुल खबर


काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री शेरबहादृर देउवा समक्ष विभिन्न २२ सुत्रीय मागसहितको ज्ञापनपत्र पेश गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा विभिन्न नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजनीतिक, समसामयिक र जनजीविकाका विभिन्न २२ बुँदे माग राखी ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउनेमा पूर्वअध्यक्ष डा।प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, आन्दोलन परिचालन समितिका संयोजक उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्षहरु, महामन्त्रीहरुलगायत रहेका थिए ।

काठमाडौंमा प्रधानमन्त्रीलाई र देशका ७६ जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विभिन्न २२ सुत्रीय मागसहितको ज्ञापनपत्र पेश गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

ज्ञापनपत्रमा भ्रष्टाचारको अन्त्य, महागी नियन्त्रण, किसानलाई समयमा नै मल, बिउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुको साथै राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र समृद्धिको माग गरिएको छ।

राप्रपाले निष्पक्ष निर्वाचन गर्न चुनावी सरकार गठन हुनुपर्ने, अभिभावकीय राजा, प्रादेशिक संरचना खारेज हुनुपर्ने, उच्च पदस्थको सम्पत्ति छानविन हुनुपर्ने र पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने माग पनि गरेको छ।

मागहरु पूरा नगरिएमा देशव्यापी जनसंघर्षमा जाने चेतावनी राप्रपाले दिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले राप्रपाले उठाएको विषयहरु गम्भीर रहेको भन्दै आफूले अध्ययन गरेर सम्बोधनको पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

१ असार २०७९, बुधबार २१:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा