Play

पोखरा महानगरको मेयरमा आचार्य र उपमेयरमा गुरुङ विजयी

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् ।आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाए ।उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । विजयी गुरुङले ६० हजार ५ सय ४६ मत प्राप्त गरीन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरिन् । गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढि ल्याइन् ।

राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ प्राप्त गरीन् ।

प्रमुख पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरे भने स्वतन्त्र लौरो चिन्नका उमेद्वार खडकराज पौडेल गनेशले ३ हजार ३० मत प्राप्त गरे ।

पोखरा महानगरपालिकाका ३३ वटा वडामा नेपाली काग्रेसले २३ वटा वडामा विजय प्राप्त गरे

नेकपा एमालेले ९ वटा वडामा जीत हात पारे भने एक जना स्वत्रन्त्र उमेद्वार वडा अध्यक्ष्मा विजयी भएका छन् ।

११ जेष्ठ २०७९, बुधबार ०७:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा