Play

पोखरा वडा नम्बर ३२ को वडाध्यक्षमा कांग्रेसका अक्कलबहादुर कार्की विजयी

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेद्वार  अक्कलबहादुर कार्की विजयी भएका छन् ।

उनले एमालेका खमबहादुर पुनलाई १७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । कार्कीले १ हजार ९ सय ९१ मत प्राप्त गरे भने पुनले १ हजार ९ सय ७४ मत प्राप्त गरे ।

खुल्ला सदस्यमा कांग्रेसका तीर्थबहादुर सुवल १ हजार ९ सय ३० मत र रविराज तिवारीले १ हजार ९ सय ५१ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार ध्रुव थापाले १ हजार ८ सय २२, भिमबहादुर गिरीले १ हजार ७ सय ६७ प्राप्त गरे ।

महिला सदस्यमा एमाले उम्मेदवार सावित्रीदेवी पण्डितले २ हजार ८४ मत ल्याएर विजयी हुँदा कांग्रेसकी स्वस्तीका खनालले १ हजार ९ सय ६३ मत प्राप्त गरिन् ।

त्यस्तै दलित महिला सदस्यमा कांग्रेसकी शोभा विकले २ हजार ६२ मत ल्याएर बिजयी हुँदा एमाले उम्मेदवार सहनशीला नेपाली रम्तेल गायकले १ हजार ९ सय ४१ मत प्राप्त गरिन् ।

११ जेष्ठ २०७९, बुधबार ०७:०७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा