Play

वडा नं १० मा ४ सय बढी मतान्तरले राजेशको अग्रता

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं १० मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार राजेश गुरुङले अग्रता जारी राखेका छन् ।

१९ सय मत गणना गर्दा उम्मेदवार गुरुङले नेकपा एमालेका उम्मेदवार पवित्रदेवी गुरुङलाई ४ सय ५६ मतले पछि पारेका छन् । गुरुङले १ हजार १९ मत प्राप्त गरेका छन् भने पवित्रदेवीले ५ सय ६३ मत ल्याएकी छिन् ।

नेपाली काँग्रेसका महिला सदस्य पदका उम्मेदवार नरदेवी गुरुङले ९ सय १०, दलित महिला सदस्य सुनीमाया नेपालीले ९ सय ३८, खुल्ला सदस्य परमेश्वरबहादुर कार्कीले ९ सय ११ र अर्का खुल्ला सदस्य पूर्णचन्द्र न्यौपानेले ८ सय ९२ मत प्राप्त गरेका छन् ।

वडाध्यक्ष पदका उम्मेदवार राजेश गुरुङसहित सदस्यका उम्मेदवारहरु सबैले ४ सय भन्दा बढी मतको अग्रता लिईरहेको नेपाली काँग्रेस वडा ईकाई समिति सचिव उदिम गुरुङले जानकारी दिए ।

मतगणनाको सुरुवातीबाट नै काँगे्रसका उम्मेदवारहरुले अग्रता लिईरहेकोेले विजय प्राप्त गर्नेमा आफुहरु ढुक्क रहेको सचिव गुरुङको भनाई छ ।

१० नंम्बर वडाबाट गठबन्धन दलका मेयर पदका उम्मेदवार धनराज आचार्यलाई ६ सय ६८ परेको छ भने नेपाली काँग्रेसबाट उपमेयर पदका उम्मेदवार कोपिला रानाभाटलाई ८ सय २८ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ सय १४ मत परेको छ भने उपमेयरका उम्मेदवार मन्जु गुरुङलाई ६ सय ९१ मत प्राप्त गरेकी छिन् ।

जम्मा ३ हजार ४ सय ७५ मत खसेको वडा नं १० मा अब १ हजार ५ सय ७५ मत गन्न बाँकी छ ।

७ जेष्ठ २०७९, शनिबार ०७:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा