Play

बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर जेठदेखि विद्यालयमा आइतबार बिदा

गुरुकुल खबर


काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर जेठदेखि विद्यालय आइतबार बिदा दिन सकिने निर्णय गरेको छ । गत वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले जेठदेखि सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

शिक्षा मन्त्रालयले सोमबारदेखि शुक्रबारसम्म १० बजेदेखि ४ बजेसम्म विद्यालय समय कायम गरेर वार्षिक २० दिन अन्य बिदा कटौती गरे पाठ्यक्रम तोकेको पाठ्यघण्टा पूरा गर्न सकिने निष्कर्ष निकालेको हो ।

बर्खे, हिउँदे र स्थानीय बिदा कटौती गरेर आइतबार क्षति पुगेको पाठ्यघण्टा पूरा गर्न सकिने शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए । ‘आइतबार बिदा दिएर शुक्रबार ४ बजेसम्म कक्षा संचालन गर्दा साप्ताहिकरुपमा ३ घण्टा पुग्दैन, अपुग समय पूरा गर्न वर्षभरिका २० दिन बिदा कटौती गरेर कक्षा संचालन गर्नुपर्छ ।’

स्थानीय तहले आफू अनुकूल बर्खे, हिउँदे, स्थानीय, दसैं, तिहारलगायत चाडपर्व बिदाको दिन विद्यालय खोलेर पठनपाठन गराउन सक्ने मन्त्रालयले जनाएको छ । हिउँदे, बर्खे गरेर ४५ दिन र स्थानीय बिदा ५ दिन दिइँदै आएको छ ।

माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहले पाएपछि यी बिदालाई पालिकाहरुले आफू अनुकूल प्रयोग गर्दै आएका छन् । ४५ दिनमा ३० दिनमात्रै हिउँदे, बर्खे बिदा दिएर अन्य १५ दिन कक्षा संचालन गर्न सकिने शर्माले बताए । आइतबार बन्द हुने सरकारी कार्यालय अन्य बार चाहिँ बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म संचालन गर्ने सरकारले निर्णय गरेको छ । विद्यालय समय यसैगरी लम्ब्याउँदा बालबालिका प्रभावित हुने भएकाले विद्यालय समय १०–४ नै कायम गरेर अन्य बिदाका दिन पठनपाठन गराउने कार्ययोजना अघि सारिएको हो ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले बुधबार स्थनीय तह र विद्यालयहरुलाई सर्कुलर गरेर मन्त्रालयको उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । शुक्रबार १ बजेसम्म पठनपाठन हुँदै आएकोमा ४ बजेसम्म कक्षा संचालन गर्न आग्रह गरिएको छ । पाठ्यक्रम प्रारुपले तोकेको पाठ्यघण्टा नघट्ने गरी पठनपाठन गर्न हिउँदे, बर्खे वा अन्य बिदाहरु कटौती गर्न केन्द्रले आग्रह गरेको छ ।

बिदा कटौती गर्दा वर्षभरिमा ३० दिनसम्म एकैपटक वा पटक-पटक गरेर बिदा दिन सकिने गरी बिदा समायोजन गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । बिदा कटौती गरेर वार्षिक क्यालेन्डर बनाउन केन्द्रले विद्यालयहरुलाई निर्देशन दिएको निर्देशक रामचन्द्र शर्माले जानकारी दिए । इन्धन खपत घटाउन आइतबार विद्यालय बिदा दिने निर्णयको सरोकारवालाहरुले विरोध गरेका थिए । अधिकांश सामुदायिक विद्यालयले इन्धन नै प्रयोग नगर्ने हुँदा उक्त निर्णय अव्यवहारिक रहेको शिक्षाकर्मीहरुको प्रतिक्रिया रहेको छ ।

२८ बैशाख २०७९, बुधबार २१:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा