Play

असन्तुष्ट समूहले चन्दलाई महासचिवबाट हटायो

गुरुकुल खबर


काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीको महासचिवबाट नेत्रविक्रम चन्द हटाइएका छन् । चितवनको पर्सामा बुधबारबाट सुरु भएको पार्टीका असन्तुष्ट नेताहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधरको राष्ट्रिय भेलाले महासचिवबाट चन्दलाई हटाउने निर्णय गरेको हो  ।

उक्त समूहका नेता गुणराज लोहनीले स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रीय समितिको निर्णयविपरीत सहभागी भएको, एमसीसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर महासचिवबाट चन्दलाई हटाइएको बताए । ‘केन्द्रीय समितिका सदस्यहरूलाई उठाएको र एमसीसी पक्षधरहरू एमाले र कांग्रेससँग चुनावी गठबन्धन गरेकाले हटाइएको हो,’ उनले भने ।

राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोलालाई तोकेको पनि लोहनीले बताए । उनले ६४ सदस्यीय केन्द्रीय समिति र ४ सदस्य रहेको सल्लाहकार गरी ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये ३८ जना भेलामा उपस्थित रहेको जानकारी दिए । त्यस्तै पार्टी प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मालाई हटाइएको छ ।

केही दिन पहिले चन्दले धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीको जम्मेवारीबाट मुक्त गरेका थिए । चुनावमा भाग लिएको विषयमा पार्टी निर्णयविपरीत वक्तव्य निकालेको भन्दै उनले दुवै नेताको जिम्मेवारी खोसेका थिए ।

 

२२ बैशाख २०७९, बिहीबार २१:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा