पोखरा । स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा गठबन्धन दलबाट उम्मेदवार दिएकाहरुले मंगलबार विभिन्न स्थानमा चुनावी सभा तथा घरदैलो कार्यक्रमको आयोजना गर्दैछन । पाँच दलिय गठबन्धनबाट मेयर र उपमेयरमा उम्मेदवारी दिएका सहित अन्य उम्मेदवार बनेकाहरुले सम्बोधन गर्ने गरी चुनावी सभाको आयोजना गरेका हुन ।
चुनावी सभामा उम्मेदवारहरुले जनतामाझ आफ्नो उम्मेदवारी किन भन्ने बारेमा स्पष्ट पार्नुका साथै पोखराको विकासका लागि भिजन प्रस्तुत गर्नेछन् । स्थानीय निकायको निर्वाचनकालागि मात्र नभई केन्द्रीय सरकारसम्म गठबन्धन दलको विजयी किन आवश्यक छ भन्ने बारेमा कार्यकर्ता तथा जनतालाई प्रस्ट्याउने चुनावी सभाको अर्को उद्देश्य पनि हो । मंगलबार पोखरा महानगरको वडा नं १५, वडा नं १७ र वडां नं ७ मा चुनावी सभा सम्पन्न भयो ।
यसैक्रममा पोखरा १५ मा मंगलबार पाँच गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार धनराज आचार्यले भ्रष्टचार, बेतिथिका विरुद्ध गठबन्धनको आवश्यकता औल्याए । सुशासन र विकासलागि स्थानीय निर्वाचनमा गठबन्धनले विजयी हासिल गर्नु पर्नेमा जोड दिदै मतदातासंग अमूल्य मतको आग्रह गरे ।
उपमेयरका उम्मेदवार कोपिला रानाभाटले पोखरा महानगरलाई महिला मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेकि छन् । पोखरा १५ को घरदैलो पछि आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रानाभाटले महिला अधिकारका लागि विशेष भूमिका निर्वाह गर्ने र महिला विकासका लागि आधारभूत तत्वको सुधारमा समेत ध्यान पुर्याउनेमा जोड दिइन् । उपमेयरको काम कर्तव्यका बारेमा जानकारी दिदै उपमेयरका उम्मेदवार रानाभाटले न्यायिक समिति र पूर्वाधार संरचना अनुगमन तथा महिलाको क्षमता अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
राष्ट्रियताको सवालमा फरक विचार भएपनि मुलुकमा व्यक्त भष्ट्रचार र तानाशाहका विरुद्ध एक हुन गठबन्धन आवश्यक परेको स्पष्ट पार्दै गठबन्धनको अस्तित्व जोगाउन सबै मतदाता इमान्दार भएर लाग्नु पर्नेम जोड दिइन् ।
कार्यक्रममा वडाध्यक्षका उम्मेदवार मीनबहानुर गिरीले वडाको विकास, शिक्षा, स्वास्थ्यलगायत एजेन्डा प्रस्तुत गर्दै सुशासनकालागि स्थानीय निर्वाचनमा वडा नं १५ मा काँग्रेसको नेतृत्वमा रहेको प्यानललाई जिताउन मतदातासंग अनुरोध गरे । वडा नं १५ मा नेपाली कांग्रेसका उम्मेदवार मीनबहादुर गिरीको नेतृत्वमा सदस्यहरु जसपाबाट नरेश थापा, माओवादी केन्द्रबाट महेश बाँनिया र लक्ष्मी परियार, नेकपा एसबाट माया शर्मा उम्मेदवार रहेकाछन् ।
यसैबीच वडा नं १७ को विरौटा चोकमा आयोजित चुनावी सभालाई गठबन्धनको तर्फबाट पोखरा महानगरको मेयर उम्मेदवारी दिएका धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाट र वडा नम्बर १७ का वडा अध्यक्षका उम्मेदवार देवराज आचार्य लगायतले सम्बोधन गरेका थिए ।
यसैगरीे पोखरा महानगरको वडा नं ७ मा सम्पन्न चुनावी सभमा पनि गठबन्धनको तर्फबाट पोखरा महानगरको मेयर पदका लागि उम्मेदवारी दिएका धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाट तथा वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार राममोहन आचार्यले सम्बोधन गरेका थिए ।